Logo

१९ वर्ष पुगेछ कञ्चनपुरस्थित मजगाउँ विमानस्थल गौचरनमा परिणत भएको

राधिका जोशी



सुदूरपश्चिम प्रदेशकै ठूलो विमानस्थलका रुपमा रहेको मजगाउँ विमानस्थल बन्द हुँदा स्थानीयले त सास्ती भोग्नु परेको छ, सुदूरपश्चिम प्रदेशकै पर्यटनसमेत प्रभावित भएको छ ।
विक्रम संवत २०३३ सालमा स्थापना भएर २०५७ सम्म विमानस्थल सञ्चालनमा आयो । स्थापनाको केही वर्ष निरन्तर सञ्चालनमा रहेको विमानस्थल तत्कालीन नेकपा माओवादीको सशस्त्र आन्दोलनका क्रममा २०५७ मा बन्द भयो । त्यतिबेलादेखि विमानस्थलको धावन मार्गमा सवारीसाधन गुडिरहेका छन् । गाडी सिक्ने र व्यायाम गर्ने ठाउँ बनेको छ भने गाईवस्तुकालागि गौचरन बनेको छ । हरेक निर्वाचनका समयमा यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरुले बिमानस्थल संचालनमा ल्याउने प्रतिबद्धता जनाए र निर्वाचन जिते पनि । तर निर्वाचन जितेपछि विमानस्थल सञ्चालनमा चासो नदेखाउँने उनिहरुको बानीले यस क्षेत्रको पर्यटन क्षेत्र प्रभावित बनेको हो । मजगाउँ विमानस्थल सञ्चालनमा नआउँदा पश्चिमी नाकाबाट भित्रिने पर्यटक कैलालीको धनगडी गेटा बिमानस्थलबाट यात्रा गर्छन् । विमानस्थल बन्द हुँदा यहाँका धार्मिक स्थल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, एसियाकै लामो झोलुंगे पुललगायतका स्थानको अवलोकनका लागि आउने पर्यटकलाई समेत असुविधा भएको छ ।

विमानस्थल सञ्चालनका लागि यहाँका स्थानीयले पटकपटक दबाब दिए । दबाब समूह गठन गरी मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउन पटकपटक जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत माग गरे । तर न जिल्ला प्रशासन कार्यालयले गतिलो पहल ग¥यो । न त जनप्रतिनिधि जागे । विमानस्थल हुँदाहुँदै पनि कञ्चनपुरका आधा भन्दा बढी हवाई यात्रु डेढ घण्टाको सडक यात्रा हुदै धनगढी जानुपर्ने बाध्यता हटेन ।
कञ्चनपुरमा मात्रै थुप्रै पर्यटकीय स्थलहरु छन् । बेतकोट ताल, झिलमिला ताल, एसियाकै लामो झोलुंगे पुल, बेदकोट शिव लिंगा, बिष्णु मन्दीर, रौटेला शुक्लाफाटा यहाका पर्यटकीय गन्तव्य हुन् । कञ्चनपुरको शुक्लाफाँटा पर्यटकीय गन्तव्य हो । यहाँ बाह्रसिंगा, बाघ, गैँडा, चित्तल, हात्ती, दुर्लभ पंक्षी अवलोकनसँगै नेपालकै सबैभन्दा ठूलो घाँसे मैदान छ । अझ तीन सयभन्दा बढी प्रजातिका चराचुरुङ्गीको बासस्थान रहेको आरक्षभित्र सिमसार क्षेत्र र ऐतिहासिक स्थलसमेत छन् । तर मजगाउँ विमानस्थल सञ्चालन नभएकै कारण विश्वमै दुर्लभ बाह्रसिङ्गाको अवलोकन गर्ने स्वदेशी तथा विदेशी पर्यटकको अभाव छ । अन्य पर्यटकीय क्षेत्र पनि विमानस्थल अभावका कारण ओझेलमा छन् । कञ्चनपुरको विमास्थल परिसरमा सीमा सुरक्षा कार्यालय छ । यहाँका संरचना जिर्ण अवस्थामा छन् । सुदूरपश्चिमका मुख्य पर्यटकीय स्थल खप्तड, बडिमालिका, अपि, सैपाल, कैलाश, मानसरोवर, अम्मरगढी किल्ला, डोटी दरबार तथा शुक्लाफाँटाबारे धैरैलाई जानकारी नै छैन । जसको मुख्य कारक हवाइ सेवाको अभाव नै हो ।

 

यतिबेला सुदूरपश्चिमका विमानस्थलमध्ये कैलालीको धनगढी र बाजुराको कोल्टी विमानस्थल मात्र सञ्चालनमा छन् । अन्य आठ विमानस्थल भने ठप्प छन् । दार्चुलाको गोकुलेश्वर, डोटीको दिपायल, अछामको साँफेबगर र कमलबजार, बझाङको चैनपुर, बैतडीको पाटन, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टीकापुर विमानस्थल नागरिकको हवाई यात्राका सारथि बन्न सकिरहेका छैनन् । सञ्चालनमा रहेको बाजुराको कोल्टी विमानस्थलमा हवाई सेवा नियमित छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले बन्द विमानस्थल अवतरणका लागि योग्य भए पनि सरकारी सेवा प्रदायक नेपाल वायुसेवा निगमले नै सेवा नदिएपछि अन्य विमान कम्पनीले पनि जहाज उडाउन तयार नबनेको भनेर तयारी जवाफ दिँदै उम्कने गरेको छ । दिपायलमा विक्रम सम्बत् २०२६ मा निर्माण भएको डोटी विमानस्थल ५ वषर््ादेखि खेलकुद तथा ड्राइभिङ लाइसेन्स लिन सिक्ने थलो बनेको छ । हवाई सेवा बन्द भएपछि ६ बिघा जमीनमा हवाईजहाज उड्दैन । बरु जिल्ला तथा क्षेत्रीयस्तरका खेलकुद प्रतियोगिता हुन्छन् । बाँकी समय बालबालिकालाई रमाउने थलो बन्छ, जंगलमा झै गाईबस्तु चरिरहेका हुन्छन् । सुदूरपश्चिमका अन्य पहाडी क्षेत्रका विमानस्थलको हालत पनि यो भन्दा फरक कहाँ छर । करोडौँ रुपैयाँ खर्चेर निर्माण भएका अछामको साँफेबगर विमानस्थल, बैतडीको पाटन विमानस्थल, दार्चुलाको गोकुलेश्वर विमानस्थल, कन्चनपुरको मजगाउँ विमानस्थल केबल साइनबोर्डमा मात्रै कायम छन् । बझाङको चैनपुर विमानस्थल संचालनमा ल्याउने तयारी गरिदै छ तर कहिले पुर्णता पाउछ अत्तोपत्तो छैन । सबैभन्दा पहिला दार्चुलाको गोकुलेश्वर विमानस्थल हवाई सेवारहित भएपछि गौचरणमा परिणत हुँदै अन्य विमानस्थलले पनि यहीउहि रुप लिए । सरकारले २०५० मा यात्रु अभाव देखाएर दार्चुलको गोकुलेश्वर विमानस्थल बन्द ग¥यो । विक्रम संवत २०३३ मा स्थापना भएर २०५७ सम्म सञ्चालनमा रहेको मजगाउँ विमानस्थल गौचरणमा सीमित छ । तसर्थ, सुदूरपश्चिमवासीको आग्रह – पर्यटकका लागि मात्र भए पनि सरकारले सुदूरपश्चिममा हवाई सेवा सुचारु गरिदेओस । र सुदूरपश्चिम प्रदेशका सांसद तथा मन्त्रीले यसक्षेत्रका विमानस्थल तत्काल सञ्चालनमा ल्याउन पहल गरुन ।

     निर्वाचनको एजेण्डा बनेको बिमानस्थलले किन पाएन बजेट
निर्वाचनताका कञ्चनपुर क्षेत्र नम्वर ३ का सांसद डा.दिपक भट्टले कञ्चनपुर बिमानस्थललाई निर्वाचनको मुख्य एजेण्डा नै बनाए ।
हरेक जनताको घर घरमा भोट माग्न जाँदा आफुले जितेमा बिमानस्थल संचालनमा ल्याउने र यहाँका पर्यटकिय स्थलहरुको प्रचार प्रसार गरेर पर्यटक बढाउने समेत आस्वासन दिइयो । जनता पनि बर्षौ देखि सकसपुर्ण सडकको यात्रा भोगिरहेकाले उनको आश्वासनमा आए र उनलाईनै धमाधम मतदान गरे । भट्टले निर्वाचन जिते र प्रतिनिधि सभाका सांद बने । अहिले उनि जनताको आफ्नो समस्या समाधान गर्न स्थान अर्थात, जनताको आवाज बनेर सांददमा उपस्थित त हुन्छन् । तर उनको त्यो उपस्थितिले कञ्चनपुरका जनताको समस्या समाधान भएन । सबैभन्दा अगाडी बिमानस्थल संचालमा ल्याउने उनको प्रतिबद्धताले दुई वर्ष वितिसक्दा पनि घान हालेको भटिएन ।

सरकारले जेठ १५ मा ल्याएको बजेटमा अन्य क्षेत्रका साना साना आयोजना, परियोजनाहरु परेका छन् तर सुदूरका अन्य बिमानस्थलको कुरा त छाडौ, यो क्षेत्रको सबैभन्दा ठूलो बिमानस्थल मजगाँउका लागि पनि कुनै बजेट छुट्याएन । बिमानस्थल संचालनको त के कुरा मेलो समेत सुरु भएन । जसले सुदूरका जनतामा झन निरासा छाएको छ । अहिले उनिहरु न बिमानस्थलमा बन्नेमा आशाबादी छन् नत माननिय सांसद दिपक भट्ट प्रति नै । यतिवेला कञ्चनपुरवासी उनको नाम सुन्न समेत चाहदैनन् । उसो त सुदूरपश्चिम प्रदेशका बन्द बिमानस्थल संचालनमा ल्याएर प्रचुर मात्रामा पर्यटक भित्र्याउने लक्ष सुदूरपश्चिम प्रदेश सरकारको पनि नभएको कहाँ हो र । तर, प्रदेश सरकारको यो लक्ष्यले पनि सफलता हात पार्ला जस्तो देखिएको छैन । सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक नेपाल भित्र्याउने योजना सार्वजनिक गरेको छ । कूल ग्राह्यस्थ उत्पादनमा २५ प्रतिशत योगदान पर्यटन क्षेत्रबाट दिने महत्वाकांक्षी योजना पनि सार्वजनिक गरिएको छ । आर्थिक समृद्धिको सपना कोरलेर जनतालाई सुखी नेपालीको आशा देखाइएको छ । तर पर्यटन विस्तार र बिकासका लागि चाहिने मूल पूर्वाधार बिमानस्थलहरु भने अधिकांश ठाउँहरुमा बन्द छन् । पर्यटन बिकासको प्रचुर संभावना रहेको सुदूरपश्चिम प्रदेशमा विमानस्थलहरु संचानलमा ल्याउदा पनि सरकारको यो लक्ष्यले सफलता पाउन सक्थ्यो होला । तर, सरकारको ध्यान त्यता तिर गएको छैन । सुदूरका जनता सरकार संग प्रश्न गर्छन भौगोलिक विकटता, दुर्गम अनि असुविधालाई सुबिधायुक्त बनाउे कि अझन बिकट बनाउृन तिर लाग्ने ? सडक यातायातको सकसपुर्ण यात्राबाट हामी मुक्त नपाउने हो ? के हामी यो देशका नागरिक होइनौ ? यि र यस्ता अनेक प्रश्न सरकारका सामु तेर्सिएका छन् । कनै बेला यातायात सुविधा नहुँदा अस्पताल जानै नपाएर मर्नु पर्ने नियतीबाट केही हद सम्म मुक्त भएका सुदूरका जनतालाई फेरी त्यहि पिडा दोहरिएको छ । सरकारले मुलुकमा जारी द्वन्द्वलाई कारण देखाउँदै यात्रु अभावका नाममा सुदूरपश्चिमका हवाई सेवा धमाधम बन्द गरेपछि त नागरिकका खुशी पनि चाडपर्वमा घर फर्कँदा सीमानामा लुटिएको मानीस जस्तै भएको छ ।
त्यसैले म भन्न चाहन्छु करोडौ करोड खर्च गरेर बिमान स्थल निर्माण गर्ने तर सञ्चालनमा नल्याउने सरकारी रवैया अर्थतन्त्र र मलुकको बिकास दुबैको लागि घातक हो । करोडौ खर्च गरेर बनाईएका बिमानस्थलहरु घाँसे मैदानमा परिणत हुनु र गौचरणमा रुपान्तरित हुनुले यसको पुष्टि नै गर्छ । होइन भने, स्थानीय जनतालाई हवाई सेवाको आवश्यकता छ । मुलुकमा प्रशस्त हवाई सेवा प्रदायक कम्पनीहरु पनि छन् । तर सरकारले बिमानस्थल पुनः सञ्चालन गर्ने प्रबन्ध मिलाउन किन सक्दैन ? त्यसर्थ , सुदूरपश्चिम प्रदेशको उन्नति र प्रगतिको लागि मात्र होईन देशको सम्पूर्ण पर्यटन उद्योगको उन्नयनका लागि बन्द रहेका विमानस्थलहरु पुनः सञ्चालनमा आउनु पर्छ । राज्यको करोडौं लगानीमा बनेको बिमानस्थलहरु गौचरणमा परिणत हुने तर स्थानीय जनता भने हवाई सेवाबाट बञ्चित रहने अवस्थालाई किमार्थ उचित मान्न सकिदैन । निर्वाचनको बेला बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा ल्याउने भन्दै जनतासँग गरेको बाचा र आश लाग्दो छवि बनाएका माननिय सांसद ज्युको प्रतिवद्धता कार्यान्वयन होस् । हाम्रो पनि कामना ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts