Logo

  नबिग्रेको जनाधार, नसुध्रेको नेतृत्वको जागरण अभियान 

अर्जुुननरसिहं केसी



पार्टी–जागरण मौसमी वा पटके हुँदैन । अविश्रान्त जागरण पार्टीहरूको अनिवार्यता हो । जीवन्त पार्टी जमिरहेको पोखरीजस्तो गतिहीन हुन्न, बगिरहेको नदीजस्तै चलायमान हुन्छ तथा आफ्नो गतिलाई चट्टान तोडेर पनि निरन्तरता दिन्छ । जागरण निरन्तर कर्मचेतनामा अनूदित हुनुपर्छ । जागरण अभियानका क्रममा म मकवानपुर र अन्य जिल्लाका कतिपय स्थानतिर गएँ । सबै कार्यक्रममा स्थानीय तहका कार्यकर्ताको पार्टीप्रति चिन्ता, निष्ठा र समर्पण उस्तै देखियो ।

नबिग्रेको जनाधार, नसुध्रेको नेतृत्व
कांग्रेसको एकमहिने राष्ट्रिय जागरण गत जेठ २५ मा सकियो । अभियानका सिलसिलामा देशैभरि नौ सयभन्दा बढी कार्यक्रम भए । कार्यकर्तामा सहज जागरण यथावत् पाइयो, नेतृत्वलाई सबैको साझा प्रश्न थियो, ‘जागरण, सुधार र गतिशीलता नेतृत्वमै, खास गरी केन्द्रमा देखिनुपर्छ ।

केन्द्रीय नेतृत्वमा रहनुभएका तपाईंहरूमा जागरण र एकता कहिले हुन्छ रु नेवि संघ, तरुण दल, किसान संघ, दलित संघजस्ता पार्टीको शक्ति–स्रोत मानिने महत्त्वपूर्ण भ्रातृसंस्थाहरूको अधिवेशन केले रोकेको छ रु पार्टीका विभाग, भ्रातृसंस्था र संगठनहरूलाई अस्तव्यस्त र अन्योलग्रस्त छाडेर जिल्लामा जागरण खोज्नु एकातिरको रोग अर्कोतिरको उपचारजस्तो औचित्यविहीन भएन र रु’

पार्टी भन्नु नै साझा विचार हो । देश, काल, परिस्थितिसँग भिजेर आफूलाई हरबखत ताजगीकरण गर्दै लक्ष्यप्रति कटिबद्ध रहने सहयात्रा हो । प्रतिक्रियात्मक ९रियाक्टिभ० होइन, स्वतः सक्रियता ९प्रोएक्टिभ०, उपदेश होइन, उदाहरण बन्नु जागरणको अर्थ हो । कर्मकाण्डी होइन, ‘ड्राइभिङ फोर्स’ का रूपमा पार्टीलाई सबलीकरण गर्ने हुनुपर्छ यो । लोकतन्त्रविरोधी शासकीय गतिविधिमा अंकुश लगाउने र आन्तरिक सुधार अभियान सशक्त बनाउने हुनुपर्छ ।

कांग्रेसका लागि लोकतन्त्र पद्धति मात्र होइन, आत्मा हो । कांग्रेसजनको संस्कार र जीवन पद्धति हो । लोकतन्त्र आचरण र व्यवहारमा प्रदर्शित हुनुपर्छ । यसले सपनाको व्यापारका लागि झुटो विज्ञापन गर्दैन, जनजीवनलाई उपलब्धिमूलक बनाउँछ । त्यसैले लोकतन्त्र व्यवहार र विकाससँग गाँसिएको हुनुपर्छ । पार्टी नेतृत्वमा शान्ति, विकास र लोकतन्त्रलाई एकाकार गरेर लैजाने कौशल हुनुपर्छ ।

कांग्रेसले धेरै वटा संघर्ष वा आन्दोलन जित्यो, इतिहासमा विजयी भयो, सिद्धान्त जित्यो, जनाधार र जनमतमा जित्यो, तर मतगणनामा पराजित भयो । कम्युनिस्टहरूले लोकप्रियता बढाएर होइन, हाम्रै गल्ती र कमजोरीले गर्दा हामी हार्‍यौँ । जनताले केही समयका लागि हाम्रो भूमिका परिवर्तन गरिदिए ।

दण्डहीनता र भ्रष्टाचारको अन्त्य तथा सुशासनको सुनिश्चितता हुन् लोकतन्त्रको सार्थकता र सफलताका अनिवार्य आधार । नबिर्सौं, कांग्रेसको बाह्रौँ महाधिवेशन ९२०६७ असोज० मा तालीको गडगडाहटका साथ पारित सर्वसम्मत प्रतिबद्धता थियो— भ्रष्टाचारविरुद्ध सिंगो पार्टीलाई जागरुक तथा परिचालन ।

जागरण अभियानका क्रममा भुइँतहका जनता र कार्यकर्ताबाट एकस्वरमा आएको जोडदार माग थियो— पार्टीले भ्रष्टाचारविरुद्ध सशक्त आवाज किन उठाउन सकेन रु ‘लाउडा काण्ड’ मा तत्कालीन एमालेले ५७ दिनसम्म संसद ठप्प बनाउँदै सडक आन्दोलन चलाउन सक्छ भने वाइडबडी जेट खरिदमा भएको त्यत्रो भ्रष्टाचारको विरोधमा ७ दिन संसद ठप्प बनाउन किन सकेन रु ३३ केजी सुन तस्करी, बूढीगण्डकी भ्रष्टाचार काण्ड, एनसेल भ्रष्टाचारजस्ता प्रकरणमा संसदमा फगत कर्मकाण्डी विरोध किन रु यस्ता विषयमा पार्टीले कसैसँग सम्झौता गर्नु हुँदैन, जोडदार आवाज उठाउनुपर्छ र अरूको आवाजलाई पनि समेट्न सक्नुपर्छ भन्नेमा साथीहरूको साझा आवाज रह्यो ।

सत्ताको पराजित मानसिकता
कम्युनिस्ट पार्टीहरू पनि लोकतन्त्रकै आवरणमा छन्, तर तिनको गन्तव्य फरक छ । कम्युनिस्ट मानसिकता र संस्कार धारण गरेर लोकतन्त्रको अभ्यास गर्नु गिर्जाघरमा बसेर गीतापाठ गरे जस्तै हो । चुनावअघि असम्भव आश्वासन बाँड्ने, चुनावपछि सबै बिर्सने प्रवृत्ति लोकतान्त्रिक होइन । लोकतन्त्रको रामनामी जपेर यसका आधारभूत विशेषतालाई नै ध्वस्त पार्न कानुन बनाउने हर्कतले सरकारको कम्युनिस्ट निरंकुशताको व्यूहरचनालाई उदाङ्ग पारेको छ ।

सत्तापक्ष भक्तजन, भ्रष्टजन र तस्करजनको अल्पबुद्धि र स्वार्थी गिरोहको बन्दी भएको छ । आशा नैराश्य र मोहभंगमा बदलिँदै छ । शासनमा निरंकुशताजन्य भोक जाग्नु लोकतन्त्रका निम्ति खतराको साइरन बज्नु हो । संसदीय लोकतन्त्रमा सर्वोच्च कार्यकारी भएका प्रधानमन्त्रीमा यसबारे पश्चात्ताप हुनु त कताकता, एकीकृत शासन, निरंकुशता र सर्वसत्तावादको सूत्रधार हुने उत्साह जागेको छ, जुन झन् खतरनाक हो ।

आफ्नो दम्भ र अभिमान नछोड्ने, पार्टीको स्वाभिमान गुमाउन तत्पर हुने कुनै नेतृत्व सफल हुँदैन । सुविधा अनुसारको सिद्धान्त र योग्यता अनुसारको व्याख्या बोकेरहिँड्दा पार्टी बन्दैन । सत्तापक्षहोओस् वा विपक्ष, जुनसुकै पार्टीले अपनाउनुपर्ने जागरुकता यिनै हुन् ।

निरंकुशता, भ्रष्टाचार र नीतिहीनताका जुन विशेषताविरुद्ध हामीले आजीवन संघर्ष गर्दै आयौँ, तिनै तत्त्व हाम्रो राजनीतिक बाटोका तगारा भएका छन् । आज नेकपाले सत्ता चलाउँदा देखिएको र हिजो हामीले चुनावमा पराजय बेहोरेको भोगाइ तथा अनुभवको तीतो यथार्थ यही हो । पार्टी व्यवस्थापनको पारदर्शिता, विधिसम्मत प्रक्रिया र सामूहिक नेतृत्वको शक्तिले मात्र लोकतान्त्रिक शासन सार्थक र सफल हुन्छ ।

जागरणको मार्गदर्शन
हामी कांग्रेसको इतिहासबाट गौरवान्वित हुन्छौँ । तर इतिहासतिर एकोहोरिँदै रमाएर बस्दा वर्तमानले छोडेर हिँडिसकेको हुन्छ । न इतिहास न विरासत नै निर्णायक हुन्छ भन्ने यथार्थ हालैको भारतीय निर्वाचन परिणामले पुष्टि गरेको छ । गल्ती र कमजोरीको निर्मम र कटु समीक्षा गर्दै खुला दिलले समाधानमूलक निष्कर्षमा पुग्नैपर्छ ।

आफ्ना कमी–कमजोरी र गल्तीउपर इमानदारीपूर्वक गवेषणा गर्न सकेनौँ भने माने हुन्छ— हामीले खोजेको जागरण पनि निरर्थक हुन सक्छ । जागरण अभियान प्रकारान्तरले सत्याग्रह नै हो, जसमा सत्याग्रहीले अरूलाई आज्ञापालनका लागि अह्राउँदैन । हामीले पनि सत्ताको जिम्मेवारी सम्हाल्दा धेरै गल्ती गरेका छौँ, तथापि जनताविरुद्ध बेइमानी गरेका छैनौँ ।

समाजवाद कांग्रेसले कसैको खल्तीबाट निकालेको चार लाइनको चिर्कटो वा लहडी प्रस्तावका आधारमा अंगीकार गरेको पार्टी–नीति होइन । छैटौँ महाधिवेशनमा जननायक बीपी कोइरालाद्वारा प्रतिपादित, पार्टी सभापति सुवर्ण शमशेरद्वारा प्रस्तावित दूरगामी, सविस्तार परिभाषित तथा व्यावहारिक प्रस्थापना थियो यो, जसको सार्थक थालनी, लोकप्रियता र सफलताका लागि सुवर्णजी लगायतका अग्रज नेताले व्यक्तिगत रूपमा समेत अतुलनीय योगदान र महँगो मूल्य चुकाउनुपरेको थियो ।

कांग्रेसमा सामाजिक न्याय, समानता र सुरक्षाको खोजी गर्ने विपन्न वर्ग र निमुखा समुदायको पहिलो आकर्षण नै लोकतान्त्रिक समाजवाद हो । यसलाई झिकिदिने हो भने समाजको अन्तिम वर्ग र समुदायमा कांग्रेसप्रति कुनै आकर्षण रहँदैन । जानी–नजानी हामीले त्यतातिर ध्यान दिन सकेनौँ ।

पार्टीमा लेख–पढ, चिन्तन तथा निष्कर्ष, वैचारिक पुनर्जागरण एवं ताजगीको अभ्यास मासिँदै गएको छ । निर्भीक विश्लेषण र पद्धतिको खोजीगर्ने उच्च विचारको कार्यकर्तालाई‘बढ्ता बाठो भएको’ ठान्ने प्रवृत्ति नेतृत्वमा बढ्दै गएको छ । यसै पनि कांग्रेसलाई ‘जिउँदा नेताले डुबाएको, मरेका नेताहरूले बचाएको’ भन्ने खोटबाट हामी बच्न सकेका छैनौँ ।

सबभन्दा प्रभावकारी जागरण त यथाशीघ्र पार्टीको चौधौँ महाधिवेशन गर्नु नै हो । महाधिवेशन समयमै नगर्नु र कार्यकाल लम्ब्याउनु पार्टीका निम्ति घातक हुन्छ । क्षणिक स्वार्थ हेरेर हामीले अधिवेशन टार्दै र कार्यकाल अनावश्यक लम्ब्याउँदै जाने हो भने आउँदो स्थानीय निर्वाचनको मुखैमा हामी महाधिवेशनमा लाग्नुपर्ने हुन्छ ।

त्यसको नतिजा के होला रु समयको अनुकूलतालाई हेक्का नराख्ने हो भने परिणाम फेरि पनि सुखद नहुन सक्छ । हालैको जागरण अभियानले दिएको निष्कर्ष र मार्गदर्शन यही हो । जागरण अभियानमा उठेका सवालहरूमा यथार्थपरक, निष्कर्ष र ठोस सम्बोधन नै हो, पार्टी एकताको मूलमन्त्र १ यही हो आन्तरिक लोकतन्त्र ।

(लेखक नेपाली कांग्रेसकाकेन्द्रीय सदस्य हुन् ।)                                                                                     श्रोत :इकान्तिपुर डटकमबाट                                                                              

प्रतिक्रिया दिनुहोस्

Recent Posts