Logo

सेफिन्स लम्सालले गरे टेलिशृङ्खला दृष्ट्रि मार्फत ठूलो पर्दामा डेब्यू (भिडियो)



काठमाडौ । कलाकारिताको क्षेत्रमा राम्रो सम्भावना बोकेका सेफिन्स लम्सालले टेलिशृङ्खला दृष्ट्रि मार्फत ठूलो पर्दामा डेब्यू गरेका छन् ।
ऋषि लामिछानेद्धारा निर्देशित टेलिशृङ्खला दृष्ट्रिमा सेन्फिनसले कलाकार सरिता लामिछानेको बाल्यकालको साथीको रुपमा अभिनय गरेका हुन् । टेलिशृङ्खलामा सेफिन्सको जोडिको रुपमा समृद्धि बस्याललाई देख्न सकिनेछ ।
टेलिशृङ्खला दृष्ट्रि रमाइलो टेलिभिजन मार्फत हरेक शुक्रबार राती ८ः३० मा प्रसारण हुँदै आएको छ । सामाजिक विषयवस्तु माथि बनेको यो कार्यक्रम पछिल्लो समय नेपाली युवा युवती तथा गृहणीको मुख्य रोजाइमा रहेको छ ।
वरिष्ठ पत्रकार शिव लम्सालका छोरा सेफिन्सले सेन्जिवस सेकेन्डरी स्कुलमा ५ कक्षामा अध्ययन गर्छन् । बावुको टेलिभिजन कार्यक्रमको प्रेरणामार्फत कलाकारिताको क्षेत्रमा रुची देखाएका सेफिन्सले यसअघी विभिन्न स्थानीय तथा स्कुल तहका सडक नाटकमा पनि अभिनयगर्दै आएका थिए ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

Recent Posts