Logo

चीनलाई झस्काउने प्रधानमन्त्रीको भ्रमण



प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमण किन होला ?
….
राष्ट्रपति विद्यादेवी भण्डारीको सफल मानिएको चीन भ्रमण पछि प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडिया जाँदै हुनुहुन्छ ।

सरसर्ती हेर्दा लगातार चीन, भियतनाम र कम्बोडिया जस्ता कम्युनिस्ट मुलुकको भ्रमण भन्ने लाग्न सक्दछ ?

भियतनाम कम्युनिस्ट मुलुक हो र संसारकै सफल अर्थतन्त्र मध्ये एक बन्दैछ ।

कतिपय उपभोक्ता सामग्री उत्पादन गर्ने अमेरिकी कम्पनीहरूले भियतनाम मा आफ्नो कारखाना स्थापना र संचालन गरिरहेका छन् ।

….

चीन समर्थक अत्यन्त बर्बर र कम्युनिस्ट शासन व्यवस्थाविरूद्ध १९७८मा भियतनामले कम्बोडियामाथि आक्रमण गरेर पोलपोट शासनको अन्त्य गर्यो ।
१९७९मा चीनले भियतनाममाथि आक्रमण ग¥यो । भियतनाम सोभियत सङ्घ समर्थक थियो ।

चीन र भियतनामवीचको त्यो तीक्तता अझै मेटिएको छैन ।

दक्षिण चीन सागरको जल क्षेत्र र त्यहाँ का कतिपय टापुहरुमाथिको स्वामित्वलाई लिएर चीन र भियतनामवीच तनाव पनि छ ।

भियतनाम चीन भन्दा भारत र अमेरिका निकट छ ।

अमेरिकी हतियार र विमान खरिदबारे प्रारम्भिक सहमति पनि भइसकेको छ ।

अमेरिका र उसका रणनीतिक साझेदार राष्ट्रहरूसँग भियतनामले पनि संयुक्त सैन्य अभ्यास गर्ने गरिरहेको छ ।

एक प्रकारले भन्दा भियतनाम भेनेजुवेला, क्युवा र उत्तर कोरियाको जस्तो अमेरिका विरोधी कम्युनिस्ट शासन नभएर अमेरिका समर्थक कम्युनिस्ट शासन हो
….

कम्बोडियासँग पनि अमेरिका र उसका निकट रणनीतिक साझेदार मुलुकहरूसँग निकट सम्वन्ध छ । २०१२ मा अमेरिकी राष्ट्रपति ओबामा कम्बोडिया गएका थिए । अमेरिकी राष्ट्रपतिले भ्रमण गर्ने मुलुक सामान्य रणनीतिक महत्वको हुनै सक्दैन ।

उक्त भ्रमण अघि र पछि अमेरिकी उच्चाधिकारीहरूको कम्बोडियामा बाक्लो आउजाउ छ ।

कम्बोडिया का प्रधानमन्त्रीगएको डिसेम्बरमा काठमाडौँमा सम्पन्न होली वाइन समारोहमा सहभागी हुन नेपाल पनि आएका थिए । अब थप भनिरहनु नपर्ला ।

….

वर्तमान सन्दर्भमा चीन, अमेरिका, भियतनाम सम्वन्धको मर्म बुझेर नै स्वतन्त्र परराष्ट्र नीति अवलम्वन गर्ने क्रममा निश्चित राजनीतिक , आर्थिक र रणनीतिक लक्ष्य राखेर प्रधानमन्त्री भियतनाम र कम्बोडियाको भ्रमणमा जान लागेको हो भने केही भन्नु छैन ।

लाभ लिन जाने लाभ लिने ठाउँ पर्याप्त छ । होइन भने बिमस्टेक सैनिक अभ्यासको जस्तो फितलो र निम्छरो कूटनीति र रणनीतिक सोच अभिव्यक्त नहोस भन्ने मात्रै हो ।

(केशवप्रसाद भट्टराईले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको सामग्रीलाई लेखको भावअनुसार शीर्षक राखेर प्रकाशित गरिएको हो ।)

प्रतिक्रिया दिनुहोस्