Logo

कांग्रेसको रौतहटमा विशाल आमसभा, पौडेल र कोइरालाले सम्बोधन गर्ने



गौर । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर दुईको आयोजनामा रौतहटको राजपुरमा विशाल आमसभा भइरहेको छ । कांग्रेस क्षेत्रिय समितिले आयोजना गरेको सो आमसभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेसको गढ क्षेत्र मानिने रौतहटको यो क्षेत्रमा तराई मधेशकै सवैभन्दा ठूलो आमसभा भएको हो । नेपाली कांग्रेसका नेता एंव प्रतिनीधिसभा सदस्य मोहम्मद आफताब आलमका अनुसार कांग्रेसको मधेशमा शक्ति प्रर्दशनमा लागेको बताए ।

उनका अनुसार सभामा पार्टी सभापति शेरबहादुर देउवालाई आमन्त्रण गरिएपनि देउवा भने अन्तिम समयमा आएर कार्यक्रममा सहभागि नहुने जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts