Logo

राष्ट्रिय भर्ना अभियान दिवस घोषणा गर्दै सरकार



काठमाडौँ : सरकारले १५ वर्षदेखि चलिरहेको कार्यक्रमलाई नयाँ भन्दै आजदेखि विद्यालय भर्ना अभियान सुरु गरेको बताएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष वैशाख एक गते रारा पुगेर सोही कार्यक्रमको घोषणा गरेका थिए।

त्यसै सिलसिलामा सरकारले सोमबार राष्ट्रिय भर्ना अभियान दिवस घोषणा गर्ने कार्यक्रम समेत तय गरेको छ। खासगरी २०६१ सालदेखि विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन सरकारले विभिन्न कार्यक्रम गर्दै आएको छ।

यसपाली ‘हाम्रो नगर, हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्याऊँ’ भन्ने नाराका साथ अभियान सुरु भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले बताए। उनले विद्यालय भर्ना गर्ने अभियान आफैमा महत्वपूर्ण भएकाले त्यसमा सरकारले विशेष जोड दिएको बताए।

पोखरेलका अनुसार सरकार यो वर्ष १० लाख नयाँ बालबालिका भर्ना गर्ने उद्देश्यमा रहेको छ। यो अभियान पुरानै भएको तर सरकारले लोकप्रियताका लागि त्यसमा विशेष जोड दिएको भन्दै शिक्षाविद्हरुले कटाक्ष गर्दै आएका छन्।

मन्त्री पोखरेलले यो अभियानबारे जति जानकारी दिइयो त्यति नै नयाँ बालबालिका विद्यालय भर्ना हुन आउने र त्यो समग्र शिक्षाको प्रगतिमा सहयोगी बन्ने बताए।

प्रतिक्रिया दिनुहोस्

Recent Posts