Logo

पत्रकार धमला र पल शाहको यस्तो बन्यो जोडी (भिडियो)



काठमाण्डौ । चर्चित गायक खुमन अधिकारीको स्वरमा लोक आधुनिक गित १४ अंचल ससुराल बोलको गित भिडियोसहित सार्वजनिक भएको छ । नायक तथा मोडल पल शाहको १४ वटै जिल्लामा ससुराली रहेको भन्ने अर्थ लगाएर तयार पारिएको गितको भिडियो निकै नै राम्रो बनेको छ । मोडल शाहसँगै संचारकर्मी मनु धमलाको पनि अभिनय रहेको छ । शाहको जोडीको रुपमा धमलाले अभिनय गरेकी हुन् ।   गित सार्वजनिकपछि धमलाले आफ्नो पहिलो म्युजिक भिडियोले निकै उत्साहित बनाएको बताइन् ।  त्यसैगरी सारा श्रीपाइलीको पनि मुख्य अभिनय रहेको छ ।   माधव न्यौपानेको रचना रहेको गितमा संगित पनि न्यौपानेले नै दिएका छन् । इनाक्षी इन्टरटेनमेन्टले सार्वजनिक गरेको गितको भिडियोको कोरियोग्राफी उत्कृष्ठ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्