Logo

धर्नामा रहेका नेबि सघका नेताकार्यकर्ता माथी निधि र महतको दुर्व्यवहार



। काठमाडौँ- नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा धर्ना बसेका नेविसंघका कार्यकर्ता र पार्टीका नेताहरुबिच झडप भएको छ । नेविसंघको विधानमा रहेको ३२ वर्ष उमेर हद कार्यान्वयन गर्न तथा विधान संशोधन गर्दै देशभरको स्ववियू सभापति ईकाई अध्यक्ष लाई केन्द्रिय प्रतिनीधि हुने प्रावधान राख्न माग गर्दै धर्ना बसेका नेविसंघका कार्यकर्तालाई कांग्रेस नेताले लछारपछार गर्न खोजेपछि हात हालाहालको स्थिती आएको हो ।

झडपमा परी धर्नामा रहेका विद्यार्थी नेता पवन थापा, जीवन सुवेदी, सुल्ताङ मियाँलाई विमलेन्द्र निधीका सुरक्षाकर्मीले अभद्र व्यवहार गरेपछि आक्रोशित बनेका विद्यार्थीको समुहले नाराबाजी गरिरहेकै स्थानमा पुगी नेता विमलेन्द्र नीधिले हात हालेको निर्वतमान केन्द्रीय सदस्य रत्नहरी ढुंगेलले बताए । त्यस्तै सह महामन्त्री प्रकाश शरण महतले बिद्यार्थी नेता निरन्जन थापालाई बोलाएर कार्बाही गर्ने धम्की दिएको निर्वतमान केन्द्रिय सदस्य नमराज त्रिपाठीले जानकारी दिए । झडपको विषयमा डा. महतसँग सम्पर्क गरेर गर्दा हात हालाहालको स्थिती नभएको र विधान अनुसार नै पार्टी चल्लने कुरामा ढुक्क हुन आग्रह गरे । उनले भने, ‘हल्लाको पछाडी नकुद्नुस् । नेविसंघका अध्यक्ष नैनसिंह महरले दुईवर्षे कार्यकाल र त्यसपछि थपिएको ५ महिने कार्यकालमा समेत अधिवेशन गराउन नसकेपछि केहीदिनअघि राजिनामा दिएका थिए । महरको राजिनामासँगै नेविसंघमा तदर्थ समिति आउने निश्चित छ । नेविसंघमा ३२ वर्षे उमेरहद लागू हुनेभनी पार्टी केन्द्रिय समितिले निर्णय गरेपनि तदर्थ समिति ३२ माथीको आउनसक्ने चर्चासँगै नेविसंघमा तिब्र धुर्विकरण बढेको छ । केहीदिनदेखी ३२ वर्ष मुनीको तदर्थ समिति ल्याउनुपर्ने मागसहित नेविसंघका नेता कार्यकर्ता पार्टी केन्द्रिय कार्यालयमा धर्नामा रहेका थिए । आफ्नो मागबारे नेतालाई राम्रो जानकारी होस् भनी नेविसंघका नेता कार्यकर्ताले उपसभापति विमलेन्द्र

प्रतिक्रिया दिनुहोस्

Recent Posts