Logo

बलात्कारका आरोपमा पेश गरेका प्रमाणहरु नक्कली भएको रोनाल्डोका वकिलको दाबी



काठमाडौँ । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोमाथि एक अमेरिकी महिलाले लगाएको बलात्कारको आरोप झुट रहेको रोनाल्डोका वकिलले बताएका छन् । रोनाल्डोका वकिल पिटर क्रिष्टिएन्सनले एक बक्तब्य जारी गर्दै ति महिलाले आरोप दर्ता गर्ने क्रमम सबै झुटा कागजात बनाएको बताएका हुन् ।

अमेरिकी महिला क्याथरिन मायोर्गाले सन दुई हजार नौ मा लस भेगासको होटलमा बलात्कार गरेको आरोप लगाएपनि रोनाल्डोले त्यसलाई अस्विकार गर्दै आएका छन् । वक्तव्यमा रोनाल्डोले सबै आरोप ‘स्पष्ट रुपले अस्वीकार गरेको र आरोप निकै घृणित रहेको’ उल्लेख गरिएको छ ।रोनाल्डोका वकिल क्रिष्टिएन्सनले आरोप सम्बन्धी खबर प्रकाशित गर्ने सञ्चार माध्यम निकै गैरजिम्मेवार रहेको उल्लेख गरेका छन् ।

क्याथरिनले सन् २०१० मा अदालत भन्दा बाहिर तीन लाख ७५ हजार अमेरिकी डलर लिएर घटनाका बारेमा सार्वजनिक रुपमा नबोल्ने सहमति गरेको पनि बताइएको छ ।सन् २०१० मा भएको सहमति बारेमा रोनाल्डोले अस्वीकार नगरेको तर यसको अर्थ गल्ती भएको वा त्यसलाई स्वीकार गरेको भन्ने नहुने वकिलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts