Logo

भारतका विदेश राज्यमन्त्री अकबरमाथि यौन हिंसाको आरोप



भारत । भारतका विदेश राज्यमन्त्री एमजे अकबरमाथि यौन हिंसाको आरोप लागेको छ । अकबरमाथि वयस्क महिलालाई बैठकको बहानामा होटलको रुमका बोलाउने गरेको आरोप लागेको हो । यसबारे अहिलेसम्म भारतीय विदेश मन्त्रालय र अकबर स्वयंले केही बोलेका छैनन् । बुधबार बसेको मन्त्रीपरिषदको बैठकमा भने यो विषयमा अनौपचारिक कुराकानी भएको बताइएको छ ।

आरोप लागेपछि केन्द्रीय महिला एवं बाल कल्याण मन्त्री मेनका गान्धीले राजनेता सहित सबैमाथि लागेका आरोपको छानबिन हुनु पर्ने बताएकी छन् । मि टू अभियान अन्तर्गत आरोल लागेकामध्ये अकबर सबै भन्दा शक्तिशाली व्यक्ति हुन् । अकबर पूर्व सम्पादक पनि हुन् । उनी द टेलीग्राफ, द एसियन एजका सम्पादक तथा इन्डिया टुडेका सम्पादकीय निर्देशक बनेका थिए ।

वरिष्ठ पत्रकार प्रिया रमानीले गत सोमबार सबैभन्दा पहिले उनको नाम लिएकी थिइन् । त्यसपछि अरु ६ महिलाले पनि अकबरमाथि यौन हिंसाको आरोप लगाएका छन् ।

भारतमा पछिल्लो समय आफूमाथि भएको यौन हिंसा वा दुब्र्यहार बारे महिलाहरु मि टू अभियान अन्तर्गत बोल्न थालेका छन् । सामाजिक सञ्जालमा ह्यासट्याग मि टू सहित महिलाहरुले यौन हिंसाका घटनाबारे उल्लेख गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts