Logo

नौबीसे नागढुंगा सडकमा आजदेखि ठुला मालवहाक गाडी प्रवेशमा रोक



काठमाडौँ । आजदेखि नौबीसे नागढुंगा सडकमा ठुला मालवहाक गाडी प्रवेशमा रोक लगाइएको छ । दशैंको समयमा हुने सवारी चापलाई ध्यानमा राखेर एक हप्ताका लागि ठुला गाडी प्रदेशमा रोक लगाइएको धादिङ प्रहरीले जानकारी दिएको छ । सवारी व्यवस्थित गर्नका लागि राजमार्गमा चौबिसैघन्टा प्रहरी समेत परिचालन गरिएको छ ।

ठुला सवारी साधनका कारण राजमार्गमा घन्टौ जाम हुने गरेको छ । दशैं यात्रालाई सहज बनाउन नारायणघाट–काठमाडौं सडकखण्डमा पनि ठूला मालबाहक साधनलाई प्रतिबन्ध लगाइएको छ । दशैंमा चल्ने लामो तथा छोटो दूरीका हरेक सवारीसाधनले अनिवार्य रूपमा दुई जना चालक राख्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

उपत्यकाबाट बाहिरिने थानकोट, नागढुंगा, जगाती, फर्पिङ, बालाजुलगायतका विभिन्न चोकमा मापसे चेकिङ तीव्र बनाइएको छ । प्रत्येक टिकट काउन्टरमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । साथै सरकारले दसैंका बेला यात्रु सहज रूपमा आवतजावत गर्न देशैभरि रूट परमिट खुला गरेको छ ।

प्रतिक्रिया दिनुहोस्