Logo

जयनगर-जनकपुर रेलसेवा दुई महिनाभित्र सञ्चालनमा आउने

निर्माण कार्य अन्तिम चरणमा



काठमाडौँ । जयनगर–जनकपुर रेलसेवा दुई महिनाभित्र ब्रोडगेजमा सञ्चालनमा आउने भएको छ । बुधबार ब्रोडगेज रेलको परिक्षण गरिएपछि दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको हो । निर्माण कार्य अन्तिम चरणमा पुगेको ब्रोडगेज रेल मंसिर महिनावाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

भारतको झारखण्डबाट रेल्वे लिकमा प्रयोग हुने गिट्टी ‘ब्लास्ट’बोकेको ५३ र्याकसहित रेल बुधबार जनकपुर आएको हो । कर्था जनकपुर जयनगर रेल्वे अन्तर्गत जयनगरबाट जनकपुरसम्म र्याकमा राखिएको ‘ब्लास्ट’ झार्दै रेल आएको हो । कुर्थासम्म रेल्वे सञ्चालनका लागिस्टेशन लगायतका पूर्वाधार अन्तिम चरणमा पुगेको छ ।

यसअघि जयनगर जनकपुरमा न्यारोगेज रेल सञ्चालनमा थियो । ब्रोडगेज रेल सञ्चालनमा आएपछि जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटरको दूरी आधा घण्टामा पुग्नसकिने बताइएको छ ।

कुर्थादेखि महोत्तरीको बिजलपुरा हुँदै जयनगरसम्म रेल पुग्न थप एक वर्ष लाग्नसक्ने बताइएको छ । तत्कालिन राष्ट्रपति डाक्टर रामवरण यादवको भारत भ्रमणको क्रममा जयनगर जनकपुर रेलमार्ग स्तरउन्नती गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्