Logo

अपराध अनुसन्धानको मुद्दामा नचुक्न प्रहरीलाई प्रधानमन्त्री ओलीको निर्देशन



काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले मुलुकलाई सम्बृद्ध बनाउन शान्ति सुरक्षा पहिलो आधार भएको बताएका छन् । ६३ औं प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शान्ति सुरक्षाका लागि प्रहरी संगठनको मुख्य जिम्मेबारी रहेको बताएका हुन् ।

उनले अपराध अनुसन्धानमा अब्बल मानिएको प्रहरी एउटा मुद्दामा पनि चुक्न नहुने बताए । प्रहरी संगठनलाई समय सापेक्ष बनाउन आवश्यक रहेको उनको भनाई थियो । कार्यक्रममा प्रहरी प्रमुख सर्बेन्द्र खनालले अपराध अनुसन्धानमा प्रहरीले प्रभावकारी काम गरिरहेको भन्दै कुनै मुद्दाका अपराधी समय तोकेर नै पक्राउ गर्न नसकिने बताए ।

कार्यक्रममा यो बर्ष कामको सिलसिलामा ज्यान गुमाउने अमर प्रहरीका आश्रित परिवारलाई कदरपत्र प्रदान गरिएको थियो । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनलाई हरेरक बर्ष प्रहरी दिवसको रुपमा मनाइने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts