Logo

दशैं खर्च जुटाउन काठमाडौं आएका राउटेहरु सरकारले बेवास्ता गरेपछि निरास



काठमाडौं : दशैंका लागि खर्च जुटाउन काठमाडौं आईपुगेका राउटेहरु सरकारले वास्ता नगरेको भन्दै निरास बनेका छन् । बुधबार गृहमन्त्रीलाई भेट्न सिंहदरबारमा पुगेका राउटेहरुले सरकारले बेवास्ता गरेको भन्दै दशैं खर्च पाइदैन कि भन्ने चिन्ता व्यक्त गरेका हुन् ।

सरकारले आफूहरुलाई कुनै मतलब नगरेको गुनासो गरेका उनीहरुले गाडी भाडा यत्तिकै खेर गएको भन्दै अब काठमाडौं नआउने पनि बताए । यसअघि दैलेखको गुराँस गाउँपालिकामा बस्दै आएका राउटेहरु जंगलमा काठ र सिकार पाउन छाडेको भन्दै सुर्खेत झरेका छन् । कर्णाली प्रदेशको सुर्खेत, लेकबेंसी नगरपालिका ९ गंगटेको जंगलमा बस्दै आएका राउटेले दशैलाई बिशेष रौनकताका साथ मनाउँने गर्दछन ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts