Logo

नेपालले टि–२० विश्वकप खेल्ने पहिलो ढोका पार गर्‍यो



काठमाडौं । आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोटमा लगातार पाँच खेलमा जित हात पारेसँगै नेपाले एक खेल अगावै विश्वकप छनोटको पहिलो ढोका पार गरेको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले शुक्रबार अन्तिम खेलमा सिंगापुरको सामना गर्दैछ ।

सिंगापुरविरुद्धको खेलमा अप्रत्यासित नतिजा आए पनि नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहने छ भने सिंगापुर शीर्षस्थानमा । तर, नेपाली टोली लयमा रहेका कारण नेपाल शीर्षस्थानमै रहँदै पहिलो चरण पार गर्ने आकलन गरिएको छ । एसिया क्षेत्र छनोटमा तीन टोली छनोट हुने भएको हुँदा यी दुई टोलीबीच जस्ले जित–हार जे व्यहोरे पनि यी दुवै टोलीले पहिलो चरण पार गरिसकेका छन् । अबकाे खेलले मात्र विजेतोका को हुने भन्ने मात्र टुंगो लाग्नेछ ।

अब एउटा अर्को टोली कुन जाने भन्ने भने अझै टुंगो लागिसकेको छ । आफ्ना ६ खेल खेलिसकेको थाइल्याण्ड अहिले ७ अंकका साथ तेस्रो नम्बरमा छ भने ५ खेल खेलेको मलेसिया पाँचौ नम्बरमा छ ।  मलेसियाले आफ्नो अन्तिम खेलमा चीनलाई पराजित गरको खण्डमा थप दुई अंक जोड्दै ७ अंकका साथ तेस्रो नम्बर उक्लिेन छ र उसले पनि पहिलो चरण पार गर्ने सम्भावना बलियो बनाएको छ ।

किनकी चीन यो समूको सर्वाधिक कमजोर टोलीका रुपमा रहेको छ । चीनले अहिलेसम्म १ खेलमा समेत जित हात पार्न सकेको छैन । यो समूहमा रहेका अन्य दुई टोली भुटान र म्यानमारको सम्भावना भने सकिएको छ ।

अंक तालिका


शीर्ष स्थानमा रहने लक्ष्यमा रहेको नेपालले पहिलो चरण पार गरिसकेको अवस्था छ । अब नेपालले एसियन सब रिजनल छनोटमा रहेका ए र बी गरी आउने ६ टिमहरु बिच एसियाली क्षेत्रीय छनोट खेल्नेछ । यसबाट २ टिम मात्र टि–२० बिश्वकप छनोटको ग्लोबल क्वालिफायरमा पुग्नेछन् । हाल एसियन सब रिजनल ‘ए’ बाट युएइ, कुवेत, कतार एशियाली क्षेत्रीय छनोटमा पुगिसकेका छन । अब नेपालले एशियन छनोटमा शीर्ष २ मा पर्नुपर्नेछ ।

त्यसपछि एसियाली छनोटबाट आएका २ टिमसहित अन्य क्षेत्रीय छनोटबाट आएका ६ टिम र यही बर्षको डिसेम्बरसम्मको आइसीसी बरियतामा ११ देखि १६ मा पर्ने टिम गरेर कुल १४ टिम विच ग्लोबल छनोट हुनेछ । जसबाट शीर्ष ६ टिमले विश्वकप स्थान बनाउनेछन् । नेपालले अन्तिम छनोटमा शीर्ष ६ मा पर्न सकेमा टी–२० विश्वकपमा स्थान बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्