Logo

समुद्री आँधी माइकलका कारण फ्लोरिडामा त्रास, सरकारद्वारा संकटकाल घोषणा



अमेरिका । शक्तिशाली समुद्री आँधी माइकलका कारण अमेरिकाको फ्लोरिडामा त्रास फैलिएको छ । क्याटोगोरी चारमा रहेको माइकल अहिले करिव दुई सय दश किलोमिटर प्रतिघण्टाको वेगले अघि बढीरहेको अमेरिकी मौसम विभागले जनाएको छ । अत्यन्तै शक्तिशाली आँधी भएकोले फ्लोरिडा सरकारले संकटकाल घोषणा गरेको छ ।

उसले सचेत रहन समेत सर्वसाधारणलाई अपिल गरेको छ । यसैबीच फ्लोरिडाका तटीय इलाकाबाट झण्डै चार लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यस साता मात्रै मध्य अमेरिकामा आँधीबाट १३ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts