Logo

न्यूरोडस्थित पिनट्स सपिङ सेन्टरमा सीलबन्दी



काठमाडौं । काठमाडौंको न्यूरोडमा रहेको पिनट्स सपिङ सेन्टरमा सीलबन्दी गरिएको छ । बुधवार बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिक मूल्य लिएर उपभोक्तालाई ठगि गरेको भन्दै सपिङ सेन्टरमा सील गरेको हो ।

अनुगमनको क्रममा परलमूल्य भन्दा दुई सयदेखि तीन सय प्रतिशतसम्म बढी मूल्य लिएको पाइएपछि शिल गरिएको बाणिज्य विभागले जनाएको छ । ब्राण्डेट सामान विक्रि गर्ने भनिएको पिनट्समा लत्ताकपडा, जुत्ता , घरायसी समान लगायतका बिल बिजकको अनुगमन गर्दा उपभोक्ता ठगिएको पाइएको हो ।

प्रतिक्रिया दिनुहोस्