Logo

आशा किन आक्रोशित बनिन सरकार र संचारमाध्यमसंग



काठमाडौ । महिला अधिकारकर्मी आशा लामाले चेलीबेटी बेचखिन ठुलो समस्याको रुपमा आएको दावी गरेकी छन् । आफ्नो फेसबुक मार्फत नेपालको राजनिति दलहरु चेलिबेटी बेचविखनको मुद्धामा गंभीर नभएको आरोप लगाएकी छन् । उनले नेपालको सञ्चारमाध्यम समेत राजनिति दलको पछाडी लागेर सामाजिक मुद्धामा ख्याल नगरेकोमा आक्रोश पोखेकी छन् उनले भनेकी छन् ।
वैदेशिक रोजगारमा जाने नेपालीहरुको अप्ठेरोमा परेका नेपालीको उद्धार गर्दै आएकी लामाले सञ्चार जगत र राजनितिदलहरु सास्या समाधान भन्दा पनि पैसा र पावरमा प्रभावति भएको दावी गरेकी छिन् ।

वैदेशिक रोजगारमा समस्यामा परेका कामदारको उद्धार र क्षतिपूर्ति दिलाउने काममा आफु लागिरहेको जानकारी दिदै आफुलाई सहयोग गर्न सरकार सञ्चारमाध्यमलाई आग्रह समेत गरिकी छन् । आशा फाउण्डेशन नेपाल संरक्षक समेत रहेकी लामाले बिदेशमा समेत महिला हिंसा विरुद्धको अभियानको नेतृत्व आफुले गरेको दावी गरेकी छन् । चेलिबेटीहरुको सम्मान र सुरक्षा नहुदा चिन्ता ब्यक्त गरेकी लामाले आफु चाडै नै नयाँ अभियान लिएर जनता सामु आउने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts