Logo

आज विश्व मानसिक स्वास्थ्य दिवस



काठमाडौँ । विश्व मानसिक स्वास्थ्य दिवस आज नेपालसहित विश्वभर मनाईँदैछ । हरेक वर्ष अक्टोबर १० का दिन मानसिक स्वास्थ्यबारे जनचेतना फैलाउने उद्देश्यसहित दिवस मनाउने गरिएको छ । मानसिक स्वास्थ्यलाई राम्रो बनाउनका लागि यस क्षेत्रमा कार्यरत सबै पक्षबिच सहकार्यको खाँचो रहेको र यसका लागि दिवसले पहल गर्ने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०१३ देखि २०२० सम्मका लागि बनाएको मानसिक स्वास्थ्य कार्य योजना अन्तर्गत अहिले काम गरिरहेको छ । नेपालमा नसर्ने रोगमध्ये मानसिक रोगको हिस्सा १८ प्रतिशत रहेको छ ।

मानसिक स्वास्थ्य सेवाको पहुँच भने केवल १५ प्रतिशत जनतासम्म पुगेको छ । विश्व स्वास्थ्य सगठनले नेपालमा १६ देखी४० बर्ष उमेर समूहका करिब २२ लाख व्यक्ति मानसिक स्वास्थ्य समस्याबाट प्रभावित रहेको प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्