Logo

चीनमाथि नेपालको १० विकेटको जित, २७ रनको लक्ष्य ११ बलमा भेटायो



मलेसिया । मलेसियामा जारी आइसीसी टी–२० वल्र्डकप एसिया क्वालिफायर अन्तर्गत नेपालले चीनमाथि १० विकेटको जीत हासिल गरेको छ । चीनले प्रस्तुत गरेको २७ रनको लक्ष्य नेपालले एक ओभर पाँच बलमै पूरा गर्दै लगातार पाँचौँ जीत हासिल गरेको हो ।

नेपालको जीतमा ओपनरद्वय विनोद भण्डारी र प्रदीप ऐरीको साझेदारी नै पर्याप्त बन्यो । विनोदले ८ बलमा २४ रन बनाए भने प्रदीपले तीन बलमा ४ रन जोडे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चीनका लागि ओपनर होङ जियाङ यान बाहेकका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । यानले ११ रन बनाए । चीनका आठ ब्याट्सम्यान शून्यमै आउट भए । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने, वसन्त रेग्मी र ललित राजवंशीले समान तीन-तीन विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्