Logo

किन पर्यो विवादमा ‘मिठो मिठो प्रित बनोस’ बोलको गीत



काठमाडौ । ‘मिठो मिठो प्रित बनोस’ बोलको गीतको शब्द संकलक यशु थापा बिवादमा परेकी छिन । केहि दिन अगाडी युएईको दुबईमा सम्पन्न मोडल संघ अवार्डको ‘सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक’ (आधुनिक तर्फ)को अवार्ड प्रदिप श्रेष्ठ पाएपछि खुशी बनेको त्यसका गितका म्यूजिक भिडियो निर्देशक मात्रै नभै गायक गायिका शब्द संकलक समेत खुशी ब्यक्त गर्दै थिए । गायक राजेश पायल राई तथा जुनु गौतमको आवाजमा रहेको ‘मिठो मिठो प्रित बनोस’ बोलको गीतको म्यूजिक भिडियो निर्देशनबाट उनले उक्त अवार्ड हात पारेका हुन । दुवईमा आयोजना भएको उक्त अवार्ड वितरण कार्यक्रममा उपस्थित हुन नसकेका अवार्ड विजेताहरुलाई आयोजक संस्था मोडल सङ्गस नेपालले ‘काठमाडौ फेशन विक’को कार्यक्रम आयोजना गर्दै उक्त अवार्ड वितरण गरेको थियो ।

तर सोमवार एक्कासी शब्द संकलक यशु थापाले अवार्ड पाएकोमा खुशी ब्यत्त गर्दै सामाजिक सञ्जाल फेसबुक मार्फत सबैलाई बधाई दिदै गर्दा गायिका जुनु गौतमको नाम बिगारेर पोष्ट गरेपछि ‘मिठो मिठो प्रित बनोस’ गित बिवादमा तानिन लागेको छ । गायन र म्युजिक भिडियो निमार्ण सम्म एउटै समुहमा बसेर काम गरेकी गायिका जुनु गौतमको नाम समेत शब्द संकलक थापाले किन शुद्ध लेखिन प्रश्न उठेको छ । शब्द संकलक यशु थापाले नाम समेत बिगारेर फेसबुकमामा गरेको पोष्ट पछि गायिका गौतमले सच्याउन आग्रह गरेपछि स्रष्टा लोकराज अधिकारी देखि रोयल मुना समेतले चर्को बिरोध गर्नुभएको छ । हामीले गायिका गौतम र थापालाई सम्पर्क गर्न ओजेका थियौ दुबै देश बाहिर रहेको जानकारी पाएका छौ ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts