Logo

यो कविता पढेर कस्को मन नरोला र ?

बलि



कवि प्रा.विष्णुभक्त उपाध्याय

हे मान्छे अपराधका मनहरू काटी चढाऊ बलि
त्यो बोका किन मार्दछौ दुख दिई आत्मीय आँखा छली
मारी जीव कदापि धर्म कसरी निर्जीव ढुङ्गा पुजी
होला सोच परन्तु अन्तर तिमी साक्षात मर्मै लिई

हत्याले कुन पाप निल्छ जगमा खोलेर आत्मा बुझौं
हत्याले कुन दैव हाँस्छ जगमा गैरेर आफै गुनौं
सन्तान्को बधले खुशी हृदयमा कुन् दैवको मिल्छ र रु
यस्तो कर्म अधर्मको चलनले मुक्ती कतै मिल्छ र रु

हे मान्छे अझ सोच भित्र मनले मारेर बोकाहरू
राँगाको वलिले सजीव बधले मारेर पन्छी पशु
द्यौता ईश्वर खोजमा बहकिने पाइन्न कैं दर्शन
ती सोझा पशुको बचावट गरे कल्याण होला झन

मान्छे भैकन आजको समयमा खोज्नेहरू ईश्वर
सेवामा सव जीवको लगनले लाग्यौं भने हे नर
सच्चा ईश्वर जीव भित्र लय भै माया बनी बस्दछ
त्यो भेटाउन चेतना मनुजले खोजी गरी हिड्नु छ

गर्छौ ता बलिदान नै यदि भने सोचेर सम्झी कन
आफ्नै अन्तर देहका विषयको संहार गर्द्यौ नर
मान्छे मानव हो कि या दनुज हो बाँकी छ यो चिन्न नै
हे द्यौता भन लौ यथार्थ नतिजा खोल्द्यौ न साक्षात भै

प्राणी मर्म सजाउने अगमता मान्छे कतै जान्दछ
यस्तो बुद्धि हुदाहुदै पशुहरू ऊ नै यहाँ मार्दछ
कस्तो धेय छ यो मनुष्य कुलको जानी नसक्ने यहाँ
फन्दामा म परें यिनै मनुजको उम्केर जाऊ कहाँ

ऐया भन्न नपाउदै पशु जहाँ काटिन्छ त्यो मन्दिर
बस्छन् देव अरे १उसै स्थल महाँ लाग्दैछ है अन्धिर
बोल्दैनन् किन देवता मन बुझी तस्वीरका आसन
कस्तो मुर्ख पना निसा मगजको बन्दै गयो शासन

मान्छेको यश निर्दयी चलनले प्राणी परे सङ्कट
मांसै सेवनबाट मानिसहरू बन्दै गए छन् षट
यस्तो यो पशु मेधको चलन नै यौटा कलङ्कै छ है
हिंसाले कुन पुण्य मिल्छ र यहाँ सोचौं बुझौं शिष्ट भै

प्रतिक्रिया दिनुहोस्

Recent Posts