Logo

दशैंका लागि आजबाट नयाँ नोट साट्न शुरु, कहाँ-कहाँबाट पाइन्छ ?

प्रतिव्यक्ति २७ हजार सम्म साट्न सकिने



काठमाडौँ । नेपाल राष्ट्र बैंकले दशैंका लागि आजवाट नयाँ नोट साट्न शुरु गर्ने भएको छ । बैंकले ५, १०, २०, ५० र एक सय दरका नयाँ नोटको सटही खुल्ला गर्न लागेको हो । एकजना ब्यक्तिलाई २७ हजारका दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराईएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार विभिन्न एक्काइस स्थानवाट नयाँ नोट सटहीको ब्यवस्था मिलाइएको छ । नयाँ नोट सटहीका लागि राष्ट्र बैंकको थापाथली कार्यालय तथा राष्ट्र बैंकले उपत्यकाभित्र र बाहिर जिल्लामा पनि नयाँ नोट साट्न पाइने छ ।

नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १६ वटा शाखा कार्यालयबाट पनि नयाँ नोट सटही गरिनेछ । राष्ट्र बैंकले बाणिज्य बैंकहरुले असोज १२ गतेवाट नै नयाँ नोट उपलब्ध गराइसकेको छ । राष्ट्र बैंकले दसैं लक्षित गरी ६३ अर्ब रुपैयाँ नयाँ नोट बजारमा ल्याउन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्