Logo

वित्तिय संस्थाहरुलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न गभर्नर नेपालको निर्देशन



काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुलाई अनुत्पादक क्षेत्रमा लगानी नगर्न निर्देशन दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा गभर्नर नेपालले मुलुकको दिगो आर्थिक विकासका लागि पनि बैंक तथा वित्तिय संस्थाहरुलाई अनुत्पादक क्षेत्रमा लगानी गर्न नदिन कडा निगरानी राख्ने चेतावनी दिएका हुन् ।

बैंक तथा वित्तिय संस्थाहरुलाई दूर्गम क्षेत्रमा पुगेर आयमूलक काममा लगानी गर्न पनि गर्भनर नेपालले सचेत गराए । गभर्नर नेपालले मुलुकको आर्थिक वृद्धिदर एक वर्ष भित्र ८ प्रतिशतमा पुर्‍याउन सकिने पनि दावि गरे ।।

प्रतिक्रिया दिनुहोस्