Logo

डाँफे बिमान दाङ्गको टरिगाउँ एयरपोर्टमा अवतरण



यामकला भुषाल तुलसीपुर । नेपाल एयरलाईनसले दाङको टरिगाउँ एयरपोर्टमा सफल उडान परिक्षण गरेको छ । प्राबिधिक सहितको टोलीले मंगलबार टरिगाउँ एयरपोर्टमा परीक्षण गरेका हुन् । परीक्षणका क्रममा क्याप्टेन आङ्नुरी सेर्पाले विमान सञ्चालनका लागि प्राबिधिक कठिनाई नरहेको बताएका थिए ।

विहान साढे ११ बजे एयरपोर्टमा नेपाल एयरलाईन्सको डाँफे बिमान अबतरण गरेको थियो । साथै प्राबिधिक टोलीले विमान सञ्चालनका लागि कुनै समस्या नहुँने भन्दै नियमित सेवा सञ्चालन गर्न सकिने बताएको थियो । तुलसीपुर उपमहानगरपालिकासंग सम्झौता गरेर हप्तामा कति दिन बिमान सेवा सञ्चालन हुने र भाडा कति हुने भन्ने बिषयमा टुंगो लाग्ने छ ।

बिगत लामो समय देखि टरिगाउँ एयरपोटर्मा नियमित उडान सञ्चालन हुन सकेको छैन् । जसले गर्दा यहाँका नागरिकमा निरासा छाएको थियो । तर तुलसीपुर उपमहानगरपालिकाले बिमान सेवा नियमित बनाउन पहल थालिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्