Logo

कालीकोटमा विप्लव कार्यकर्ताको निर्मम हत्या



कालीकोट । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको सहायक संगठन योङ रेड फोर्स (वाईआरएफ) कालिकोटका जिल्ला सदस्य वीरबहादुर शाहीको निर्मम हत्या भएको छ ।
जिल्ला संगठनको कार्यक्रम सम्पन्नपछि घर फर्किरहेको बेला असोज १२ गते बिच बाटोमा उनको हत्या गरिएको थियो । १२ गतेको कार्यक्रम सकेर घर फर्किदै गर्दा कार्यक्रमस्थलबाट करिब एक किलोमिटर पर लढेखोला भन्ने स्थानमा हत्या गरी फालिएको अवस्थामा शव भेटिएको थियो । शाहीको हत्यापछि पानी जमेको ठाउँमा भिरबाट खसालिएको अवस्थामा शव भेटिएको बताइएको छ ।
उनि योङ रेड फोर्सका केन्द्रीय सदस्य सत्यबहादुर शाहीका भाई हुन् । रेड फोर्स कालिकोट जिल्ला समितिले आइतबार एक विज्ञिप्त जारी गरेर हत्याको भत्सना गरेको छ । समितिका जिल्ला अध्यक्ष शितलकुमार विष्टद्वारा जारी विज्ञिप्तमा शाहीको अपराधी गिरोहले निर्मम रुपले हत्या गरेको भन्दै दोषीलाई तत्काल नियन्त्रणमा लिई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ । साथै अध्यक्ष विष्टले घटनाको निस्पक्ष छानबिन गर्न समेत माग गरेका छन् ।
हत्यापछि प्रहरीले नै वीरबहादुर शाहीको शव आफन्तलाई उठाउन लगाएर प्रमाण नष्ट गराइएको र घटनालाई ढोकछोप गर्न खोजेको भन्दै मृतकका आफन्तले सरकारसँग आक्रोश व्यक्त गरेका छन् । हत्यामा संलग्न रहेको आशंका प्रहरीले ३ जना स्थानीय युवाहरुलाई पक्राउ गरेको जनाइएको छ । मृतकको शरीर र टाउकोमा गम्भीर चोट लागेको भन्दै घटनाको स्वतन्त्र र निष्पक्ष तरिकाले छानबिन गर्नुपर्ने माग आफन्तहरुले गरेका छन् ।
खास कुरा त के छ भने गएको वर्ष यही समयमा मृतकका दाई योङ फोर्सका केन्द्रीय सदस्य सहोदर दाइ सत्यबहादुर शाहीमाथि ज्यान लिने उद्देश्यसहित सांघातिक आक्रमण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts