Logo

आज विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै



काठमाडौँ : आज सेप्टेम्बर २९ तारिख अर्थात विश्व मुटु दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । बदलिदो जीवनशैली र अस्वस्थ्यकर खानपानका कारण विकाशशिल राष्ट्रका लागि मुटु रोगचुनौति बन्न थालेको हो । मानव शरीरको अभिन्न अंग हो मुटु ।

शरिरका विभिन्न अंगसम्म रक्त सञ्चार गरी अक्सीजन र पोषक तत्व पु¥याउने एवं कार्बन डाइअक्साइड लगायतका विकार तत्वलाई हटाउने भएकोले नै होला यसलाई अत्यन्तै महत्वपुर्ण अंग मानिन्छ ।तर, पछिल्लो समय नेपाल लगायत विश्व भर नै मुटु रोगले विकराल रुप लिदै गएको छ ।

वंशाणुगतका साथै अत्याधिक मदिरा सेवन, तयारी खाना, मोटोपन, मानसिक तनाब र व्यायामको कमीले मुटु रोग बढेको चिकित्सकहरुको भनाई छ । विश्व स्वास्थ्य संगठनका अनुसार मुटुसम्बन्धि रोगका कारण विश्वमा वर्षेनी एक करोड ८० लाख मानिसले ज्यान गुमाउने गरेका छन । नेपालमा भने २५ प्रतिशत मानिस मुटु सम्बन्धि समस्याबाट पिडित छन । गत वर्ष मात्रै नेपालमा तीस हजार ५ सय ५९ जनाको मृत्यु मुटु सम्बन्धि रोगका कारण भएको छ ।

ह्दयघात, कोरोनरी मुटु भल्बको रोग, बाथमुटु रोग, उच्च रक्तचाप, मधुमेह लगायत मुटु सम्बन्धि समस्या पनि अहिले बढेको छ । नसर्ने रोगको जोखिम अन्र्तगत मुटुको रोग पहिलो स्थानमा रहेको भएपनि यसको रोकथामका लागि सरकारी स्तरबाट पर्याप्त पहलहुन सकेको छैन । विश्व स्वास्थ्य संगठनका अनुसार समयमै रोकथामको प्रयास नभए सन् २०२० सम्म विकाशोन्मुख राष्ट्रमा मुटु रोगले महामारीकै रुप लिनेछ ।

प्रतिक्रिया दिनुहोस्