Logo

‘भ्वाइस अफ नेपाल’मा किन एउटै पहिरन लगाउँछन् निर्णायक ? यस्तो छ कारण



काठमाडौं । सिंगिङ रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा एकै किसिमको ‘ड्रेस’ लगाउनुको कारण कार्यक्रमको नियम नै रहेको बताइएको छ । कार्यक्रमको थिम अनुसार नै ‘दि भ्वाइस अफ नेपाल’ का निर्णायक र कार्यक्रमका सञ्चालक सुशील नेपालले एउटै ड्रेस पटक पटक लगाएको बताएका छन् ।

“कार्यक्रमको अवधिमा अरु ड्रेस नभएर वा खर्च घटाउन नभई कार्यक्रमको थिमअनुसार नै भएको हो,” नेपालले विज्ञप्तीमा भनेका छन्, “दि भ्वाइस अफ नेपाल कार्यक्रमको तोकिएको एपिसोडमा एउटै प्रकारको ड्रेस लगाउनुपर्नेछ । ड्रेसको बारेमा बजारमा धेरै हल्ला आएका छन् तर कार्यक्रम अन्तराष्ट्रियस्तरको भएको हुँदा गुणस्तर कायम गर्न एउटै किसिमको ड्रेस लगाएका हौं ।”

ब्लाइण्ड अडिसन राउण्डभर एउटै ड्रेस लगाउने र यसपछिको ब्याटल राउण्डमा पनि त्यस्तै एकै प्रकारको ड्रेस लगाउने उनले बताए । हाल चलिरहेको ब्लाइण्ड अडिसनबाट कुल ४८ जना ब्याटल राउण्डमा प्रवेश गर्नेछन् जसमा प्रतियोगिहरुले एक आपसमा प्रतिस्पर्धा गर्नुपर्नेछ । निर्णायकको रुपमा दीप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Recent Posts