Logo

कांग्रेसका वरिष्ठ नेता पौडेल आज युरोप भ्रमणमा जाँदै



काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज युरोप भ्रमणमा जाँदै छन् । पौडेल साँझ ६:४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १२ दिने युरोप भ्रमणका लागि जान लागेका हुन् । उनका साथमा छोरा चिन्तन पौडेल पनि भ्रमणमा सहभागी हुँदै छन् ।

पौडेल युरोपका विभिन्न देशमा कांग्रेसनिकट जनसम्पर्क समितिहरुले आयोजना गर्न लागेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ । उनी बेल्जियम लग्जेम्वर्ग फ्रान्स पोर्चुगल स्पेन स्विजरल्याण्ड जर्मनी र नेदरल्यान्डमा जनसम्पर्क समितिले आयोजना गर्ने ८ वटा कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्