Logo

वीरगञ्जका मेयरले दिए पार्टीबाट राजीनामा



काठमाडौं । वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले आफ्नो पार्टी संघीय समाजवादी फोरमबाट राजीनामा दिएका छन् । महानगरको कामकारबाहीमा अनावश्यक दबाव दिइएको भन्दै उनले पार्टीबाट राजीनामा दिएका हुन् । सरावगी संघीय समाजवादी फोरमबाट वीरगन्जको मेयरमा निर्वाचित भएका थिए ।

पार्टीभित्रको कार्यशैलीमा असन्तुष्टि बढेकाले आफूले पार्टीबाट अलग बस्ने निर्णय गरेको उनले बताएका छन् । ‘पार्टीको काम गर्ने शैली र पद्धति मन परेन,’ नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘त्यही भएर मैले संगठन र पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने जानकारी गराइसकेको छु ।’

मेयर सरावगीले ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका छन् । अब नेतृत्वलाई भेटेर पनि पार्टीबाट राजीनामा दिएको पत्र बुझाउने उनको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्