Logo

निर्मला हत्या प्रकरण : निलम्बित एसपी बिष्टको डीएनए परिक्षणको लागि नमुना संकलन



काठमाडौँ । निर्मला पन्त बलात्कारपछिको हत्या अनुसन्धानमा कमजोरी गरेको अभियोगमा निलम्बित एसपी डिल्लिराज बिष्टको डीएनए परिक्षणको लागि नमुना संकलन गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबले बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख विष्टको डीएन परिक्षणका लागि रगतको नमूना संकलन गरेको हो ।

विष्टका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुषको पनि डीएनए परीक्षण गर्ने तयारी थालिएको बताइएको छ । रिपोर्ट आएपछि यसअघि,मृतक निर्मलाको योनीबाट लिइएको ‘स्वाब’को डीएनए प्रोफाइलसँग आशंकित तीनजनाको डीएन म्याच गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्