Logo

सप्तरीको कञ्चनरुपामा स्वाइन फ्लु र हङकङ फ्लुको जीवाणु फेला



सप्तरी । सप्तरीको कञ्चनरुपामा स्वाइन फ्लु र हङकङ फ्लुको जीवाणु फेला परेको छ । रुघाखोकी र ज्वरोका कारण केही दिनअघि चार जनाको मृत्यु भएपछि अन्य बिरामीको रगत परीक्षण गर्दा स्वाइन फलू र हङकङ फ्लूको जीवाणु भेटिएको हो ।

परीक्षण गरिएकोमध्ये १० जनामा हङकङ फ्लू र एक जनामा स्वाइन फ्लू फेला परेको महामारी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।

ज्वरो र रुघाखोकीका कारण कञ्चनरुपा नगरपालिकाका दिवस बस्नेत, किशोर राम, आमोद कुमार राम र भाल्सर देवी सरदारको मृत्यु भएपछि शिविर नै सञ्चालन गरेर रगत परीक्षण गरिएको थियो । रोगको संक्रमणको त्रासपछि कञ्चनरुपा नगरपालिकाका विद्यालय असोज दुई गतेसम्मका लागि बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्