Logo

मागे जति दाइजो नदिएको निहुँमा नेपाली चेलीको भारतमा हत्या



धनुषा । मागे जति दाइजो नदिएको निहुँमा धनुषाकी २० वर्षिय एक महिलाको हत्या भएको छ । धनुषाको विदेह नगरपालिका–९ वैदेही गाउँकी कृतिको भारतको मधुवनी जिल्ला रहिका गाउँमा हत्या गरिएको हो । कृतीका दाजु अरविन्दकुमार झाले मागे जति दाइजो दिन सकेपछि सासु र श्रीमानले हत्या गरेको आरोप लगाएका छन ।

दूई वर्ष अघि मात्र तीन लाख दाइजो सहित करिब आठ लाख खर्च गरेर कृतिको विवाह भएको थियो । तर, पति र सासुले थप दाइजो माग गर्दै उनलाई यातना दिदै आएका थिए । गत शनिबार साँझ करिब सात बजे पति रन्धीर मिश्रले कृतिका दाजुलाई फोन गरि बहिनी घरबाट भागेको जानकारी गराएका थिए ।

आइतबार भने उनको शव हत्या गरेर फालेको अवस्थामा भेटिएको थियो । पोष्टमार्टममा समेत कृतिको घाँटी थिचेर हत्या गरिएको रिपोर्ट आएको छ । घटनाको अनुसन्धान गरिरहेको भारत प्रहरीले सासु रञ्जुला मिश्रलाई नियन्त्रणमा लिएको छ भने घटना पछि पति रन्धीर फरार रहेका छन । कृतिका पाँच महिनाका एक छोरा पनि छन जसलाई पतिका परिवारजनले लुकाएर राखेको पीडित पक्षको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्