Logo

चीनमा एक ब्यक्तिले अन्धाधुन्ध कार चलाउँदा ९ जनाको मृत्यु



चीन । चीनको हुुनान प्रान्तको ब्यस्त चोकमा एकजना ब्यक्तिले अन्धाधुन्ध कार चलाउदा नौ जनाको मृत्यु भएको छ । सो घटनामा अन्य ४३ जना घाइते भएका छन् । हुनान प्रान्तको हेगयांग शहरको बिनजियांग चोकमा कारले सर्वसाधारणलाई ठक्कर दिएको हो ।

स्थानीय समय अनुसार साँझ पौने आठ बजेतिर रातो रंगको एसयूवी कारले बिनजियांग चोकमा थुप्रै व्यक्तिहरुलाई ठक्कर दिएको प्रतक्ष्यदर्शीले बताएका छन् । केही मानिसमाथि चक्कु प्रहार समेत गरिएको बताइएको छ । चार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने ब्यक्ति अपराधिक पृष्टभूमिको भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्