Logo

उमेर ढाँटेर डेढ वर्ष बढी जागिर खाने पुर्वडिएसपीविरुद्ध मुद्धा



काठमाडौँ : उमेर ढाँटेर बढुवा भई अवकाश अवधिभन्दा डेढ बर्ष बढी जागिर खाएका नेपाल प्रहरीका पुर्वडिएसपी बल्लबहादुर सिंहविरुद्ध मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो । उनले आफ्नो उमेर करिव २ बर्ष ढाँटेर डिएसपीमाा बढुवा भएका थिए ।

गतबर्ष अवकाश पाएका सिंहसित प्रहरी प्रधान कार्यालयले पनि बढी तलब असुलउपर गरेको थियो । उनी ०३७ वैशाखमा १८ बर्ष पुगेका थिए । तर, आफु १६ बर्ष मात्र भएको भनी जिल्ला प्रहरी कार्यालय बझाङबाट बनाइएको नयाँ नागरिकता पेस गरी सिंहले उमेर ढाँटेको आयोगले जनाएको छ । आजको नयाँ पत्रिकामा यो खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्