Logo

जापानको योकोहामा शहरमा जमेकी महारानी शुक्रवार साउदीमा भेटिने



जापान । गायिका तथा उद्धघोषिका शितल शर्मालाई यो तिज निकै लागेको छ । महारानी नामको तिज गित बजारमा ल्याएर तिजमा होमिएकी शर्मा जापानको योकोहामा शहरमा आफ्नो बेजोड प्रस्तुति प्रदर्शन गरिकी छिन् । याकोहामा सेन्टरमामा भएको तिज महोत्सव २०१८ मा नेपालीको उल्लेखनिय उपस्थिति रहेको थियो ।

नेपालका बिभिन्न संस्थाले आयोजना गरेको तिज बिषेश कार्यक्रममा सहभागी बनेर जापान पुगेकी शर्माले योकाहामामा नेपालीलाइ बेसरी नचाइन आफ्नै युटुव च्यालन शितल मिडिया मार्फत बजारमा ल्याएको महारानी नामको गित ११ लाख भन्दा बढीले हेरेको खुशीमा शर्माले त्यहि महोत्सवमा नै आफुसगै गितमा सहभागी रहेका कलाकार शिव हमाल माष्टरबुढो र कला लम्साललाई पनि संझिन ।

गायिका शर्माले आफ्नो महारानी नमुना जोडी बाहेक दर्शकले अनुरोधमा गायक सुर्य खडका अमित सापकोटा र खेमराज पौडेलसंग बेजोड गित प्रस्तुत गरेकी थिइन । पछिल्लो समयमा जापान हुने सास्कृतिक कार्यक्रम प्रति निराश बनेका जापानमा बसने नेपालीमा गायिका शर्मा र अन्य कलाकारको प्रस्तुतिले आशा जगाएको आयोजक दण्डपानी कडेल बताउनुभएको छ ।
गायिका १४ सेप्टेम्बर साउदी अरवमा हुने कार्यक्रममा सहमागी हुन बिहिवार नै साउसाउदी अरव जाने शितल मिडियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्