Logo

दिल्लीमा जुनु र पुर्णकलाले पारे बाबा रामदेवलाई लठ्ठ



दिल्ली । तिजको रमाइलो जताततै छाएको बेला भारतको राजधानी दिल्लीमा हाम्रो स्वाभिमान नामक संस्थामा तिज महोत्सवको आयोजना गरेर भारतमा रहेका नेपाली तथा भारतिय दाजुभाई दिदी बहिनीलाई भब्य रमाइलो गराएका छन् । नेपालीको फिल्मी दुनियामा स्थापित नायिका बिपना थापा सगै गायनको क्षेत्रमा कहलियाका गायिका द्धय पुर्णकला बिसी र जुनु गौतमले तल्काटोर स्टुडियममा आयोजना गरिएको बिशेष समारोहमा स्वामी बाबा रामदेव र भारतमा दिल्लीका प्रदेश गृहमन्त्री किरण रिजीले उक्त तिज महोत्सवमा उपस्थित हुनुभएको थियो ।

गायिका जुनु गौतम र पुर्णकला बिसीले नेपाली तिज गित गाएर छमछमी नचाएपछि थप रमाइलो भएको भन्दै दर्शकले पुन गित गाउन आग्रह गरेका थिए । हलमा खचाखच रहेका चेलीहरुले नेपाली नयाँ तथा पुराना तिज र लोकगितमा नाचेका थिए ।
बाबारामदेवले नेपाली कलाकारहरुलाई सम्बोधन गर्दै संगितको माध्यामबाट समाजलाई परिर्वतन गर्न आग्रह गर्नुभयो । स्वामी रामदेवले जुनु र पुर्णकलाालाई भन्नुभो स्वस्थ रहनुस अरुलाई पनि त्यहिमार्गमा हिडाउनुस ।

नायिका बिपना थापा लगाएत अन्य कलाकार उपस्थित उक्त महोत्सवले तिजको महत्व बढाएको बताइएको छ । बिगत एक साता देखि दुहरादुन र दिल्लीका बिभिन्न कार्यक्रममा ब्यस्त रहेका गायिका द्धय गौतम बिसी अर केहि दिन भारतका अरु कार्यक्रमा सहभागी हुने गायिका जुनु गौतमले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्