Logo

साफ च्याम्पियनसीप : सेमिफाइनलमा आज नेपाल माल्दिभ्ससँग भिड्दै



काठमाडौँ । बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा आज नेपालले माल्दिभ्सँग खेल्दैछ । खेल दिउँसो पौने चार बजे ढाकाको बंगबन्धु रंगशालामा सुरु हुनेछ । नेपाल बंगलादेशलाई हराएर सेमिफाइनलको यात्रा तय गरेको हो । तर माल्दिभ्स भने श्रीलंकासँगको टसमा जितेर सेमिफाइलनमा पुगेको टिम हो ।

नेपालले आज माल्दिभ्सलाई हराएर फाइनल पुगेर इतिहास रच्ने सोचमा छ । तर नेपालले अहिलेसम्म साफमा माल्दिभ्सलाई हराउन भने सकेको छैन । यी दुइ देश ६ पटक साफमा खेलेकोमा ४ खेलमा भाल्दिभ्स विजयी भएको छ भने २ खेल बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्