Logo

डा. कोइराला खरो तरिकाले उत्रे प्रेसको पक्षमा

हेर्नुहोस् विज्ञप्ती



काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले पत्रकार राजु बस्नेत पक्राउ प्रकरणबारे दुःख व्यक्त गर्दै विज्ञप्ती जारी गरेका छन् । समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथी बोलिएको धावा र ठाडो हस्तक्षेप भएको उनको भनाइ छ ।

हेर्नुहोस् यस्तो छ विज्ञप्ती :

“समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गरिएको घट्नाले अत्यन्तै दुखी बनाएको छ। दृष्ट्रि साप्ताहिकमा प्रकाशित समाचार साभार गरेको भन्दै खोजतलास डट्कम र खोजतलास साप्ताहिकका प्रधान सम्पादक राजु बस्नेतलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथी बोलिएको धावा र ठाडो हस्तक्षेप हो। यो सरकारको सर्बसत्ताबादी चरित्र हो। समाचार लेख्ने दृष्ट्रि साप्ताहिकलाई उन्मुक्ती दिने तर राजनितीक रुपमा फरक बिचार राखेकै भरमा समाचार साभार गर्ने पत्रकार बस्नेतलाई पक्राउ गरिनु नितान्त राजनितिक जालसाँझी हो। हिरासतमा राखिएका पत्रकार बस्नेतको तत्काल रिहा नगरिए र स्वतन्त्र प्रेसमाथीको ज्यादती र उदण्डता नरोकिए सरकारले ठुलो मुल्य चुकाउॅनु पर्नेहुन्छ।”

– डा शेखर कोईराला।

प्रतिक्रिया दिनुहोस्