Logo

नेपालमा अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च



काठमाडौँ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिद दर १ सय १५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १ सय १६ रुपैयाँ २३ पैसा तोकेको छ । बैंकका अनुसार मंगलबारको मुल्य हालसम्मकै उच्च हो ।

यसअघि १ सय १५ रुपैयाँ ४८ पैसाको उच्च रेकर्ड थियो । केही समय यता नेपाली रुपैयाको तुलनामा डलरको भाउ उच्च रुपमा बढेको छ । सोमबार एक अमेरिकी डलरको मूल्य १ सय १५ रुपैयाँ ८ पैसामा झरेपनि आज फेरि बढेको हो । यसअघि १ सय १५ रुपैयाँ ४८ पैसाको रेकर्ड कायम भएपनि केही दिनदेखि डलरको भाउ घटेको थियो ।

अमेरिकी मुद्राको तुलनामा भारतीय मुद्राको भाउ घटेपछि त्यसको असर नेपालमा पनि देखिन थालेको हो । अन्र्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बढेकाले पनि डलरको मुल्य बढेको छ । डलरको भाउ बढ्दा नेपालमा पनि आयातित सामानको मूल्य बढने देखिएको छ । नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले डलरको मूल्य बढ्दा तेस्रो मुलुकबाट डलर तिरेर गर्नुपर्ने आयातबाट अर्थतन्त्रलाई नोक्सानी हुने अर्थविदहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्