Logo

सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग एपिएलमा छनोट



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने अफगानिस्तान प्रिमियर लिग ‘एपिएल’ ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि छनोट भएका छन् । सोमबार युएईको दुबईमा भएको अक्सनमा सन्दीपलाई नान्गहरले आफ्नो टिममा आवद्ध गरेको हो ।

सन्दीपलाई नान्गहरले १५ हजार अमेरिकी डलरमा आबद्ध गरेको हो । एपिएल आगामी असोज १९ देखि कार्तिक २ सम्म युएईको शारजाहमा हुनेछ । यसअघि सन्दीपले भारतको आइपिएल, क्यानडाको ग्लोबल ट्वान्टी ट्वान्टी र वेस्ट इन्डिजको सिपिएल खेलेका थिए।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ‘आइसिसी’ले मान्यता दिएको प्रतियोगितामा क्रिस गेल, ड्वाइन ब्राभो, आन्द्रे रसेल, क्रिस लियोन, शाहिद अफ्रिदी जस्ता चर्चित खेलाडी समेत आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्