Logo

आज मोतीराम भट्टको १५३औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरि मनाइँदै



काठमाडौँ । आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १ सय ५३औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । बिक्रम सम्वत १९ सय २३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेका भट्टको विक्रम सम्वत १९सय ५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।

भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याएका थिए । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान गरेका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याएका थिए । नेपालमा छापाखाना भित्र्याउने श्रेय समेत उनलाई नै जान्छ ।

उनका गजेन्द्रमोक्ष, प्रह्लाद भक्ति कथा, पिकदूत, भानुभक्तको जीवन चरित्र, मोतीराम भट्टका उपलब्ध ग्रन्थावलीलगायतका कृति प्रकाशित छन् । आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेको रामायणको पाण्डुलिपी खोजी गरेर उनले नै विक्रम सम्वत १९ सय ४१ मा प्रकाशन गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्