Logo

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै



काठमाडौँ । अन्तर्राष्ट्रिय साक्षरता दिवस आज नेपालमा पनि ‘एउटा डिजीटल संसारमा साक्षरताको महत्व’ भन्ने नाराका साथ मनाइदै छ । युनेस्कोको आब्हानमा प्रत्येक बर्ष सेप्टेम्बर आठका दिन साक्षरता दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा शिक्षा मन्त्रालयले आइतबारदेखि नै साताब्यापी कार्यक्रम गर्दै आएको छ ।

मन्त्रालयले ३९औ राष्ट्रिय शिक्षा दिवस तथा ५२ औ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा विकासमा सहयोग पुर्‍याएका सामुदायिक विद्यालय, संस्थागत विद्यालय, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् तथा क्याम्पसहरुलाई पुरस्कृत समेत गर्दैछ । नेपाल विद्याभुषण, नेपाल छात्रा विद्या पदक, लगायतका पदकबाट ३ सय ८६ जनालाई विभुषित गर्ने कार्यक्रम छ ।

उत्कृष्ट कार्य सम्पादन गर्ने सामुदायिक र संस्थागत विद्यालयका १३ जना प्राध्यापकलाई सम्मानित गरिने मन्त्रालयले जनाएको छ । शिक्षा मन्त्रालयको तथ्यांक अनुसार ७७ मध्ये ३० जिल्लाका ३ लाख सर्वसाधारण अझै साधारण लेखपढ गर्न नसक्ने अवस्थामा छन भने ४७ जिल्ला साक्षर घोषित भएका छन् । सरकारले २०६५ सालदेखि राष्ट्रिय साक्षरता अभियान सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्