Logo

पुनर्निर्माणको जिम्मा स्थानीय तहलाई दिने निर्णय



काठमाडौं । सरकारले सबै भूकम्पपीडितलाई चालू आर्थिक वर्ष (आव) २०७५/७६ भित्रै पूरै किस्ता रकम वितरण गर्ने निर्णय गरेको छ । हालसम्म करिब सबा २ लाख भूकम्पपीडितले मात्रै पूरा किस्ता अनुदान पाएका छन् । कुल लाभग्राही संख्या भने करिब पौने ९ लाख छ । बाँकी लाभग्राहीलाई चालू आवमै पूरा किस्ताबापतको रकम वितरण गर्ने निर्णय सरकारले गरेको हो ।

पुनर्निर्माण प्राधिकरणको बिहीबार बसेको निर्देशक समितिको बैठकले शहरी क्षेत्र, परम्परागत बस्ती र बस्ती स्थानान्तरणबाहेकका हकमा सबै लाभग्राहीलाई चालू आवमै पूरै किस्ता रकम वितरण गर्ने निर्णय गरेको हो ।

त्यस्तै, पुनर्निर्माणका काम अब स्थानीय तहबाटै अघि बढाउने र त्यसको अनुगमन जिल्ला तह (जिल्ला समन्वय समिति) बाट गर्ने निर्णयसमेत भएको छ । जसअनुसार पुनर्निर्माणको निरीक्षण, प्रमाणीकरण, अनुदान रकम वितरण लगायतका काम स्थानीय तहबाट र अनुगमनको काम जिल्ला समन्वय समितिबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्