Logo

हप्तैपिच्छे डा कोइराला किन जान्छन बिराटनगर



विराटनगर । नेपाली काग्रेसका प्रभावशाली नेता डा शेखर कोयराला कांग्रेसको राजनीतिमा पछिल्लो समयमा निकै सक्रिय रहदै आउनुभएको छ । मुलुकमा समस्या पर्दा होस या मन खुशी हुदा काग्रेसका पुर्व सभापति गिरीजा प्रसाद कोइराला बिराटनगर पुग्नुहुन्थ्यो । आजभोली बिराटनगरमा डा शेखर कोइराला साप्ताहिरुपमा नैे पुग्न थालनुभएको छ । उहाको सक्रियतालाईबिराटनगरबासीले सकरात्मकरुपमा लिएका छन् । बुधवार डा कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर विरामीको जाँचमा व्यस्त देखिनुभयो । काग्रेस भित्र मात्रै नभै आम जनताको आशा र भरोसाको केन्द्र बन्दै गएका कोइराला बेलाबखत आफ्नो पेशालाई व्यवहारमा उतार्न औधी मन पराउनुहुन्छ । बिशेष गरि आफ्नो निर्वाचन क्षेत्रको भ्रमणमा जाँदा उहालाई विरामीहरूले घेरी हाल्छन र स्वास्थ्य जाँच गर्न लगाउँछन । उहाँ झर्को फर्को नमानि बसेर बिरामी जाच्न थाल्नुहुन्छ । कोइराला जहाँ पुग्नुहुन्छ त्यहाँ विरामीहरूको घुँइचो हुन्छ ।
वीपी कोइरालाको १ सय ५ औ जन्मजयन्तिको अवसरमा वीपी कोइरालाल साहित्य तथा अध्ययन प्रतिष्ठानले वुद्यवार मोरङको सुन्दर हरैचाको स्कुल डाँडामा आयोजना गरेको कार्यक्रममा त्यस्तै दृष्य देखियो । स्वास्थय शिविर चलिरहेको थियो कोइराला त्यहाँ पुग्ने वितिकै विरामीहरूले घेरे ।
कोइराला स्वास्थ्य शिविरको प्रमुख अतिथि बन्न गएपनि विरामीले सुख्खै दिएनन । विरामी जाँच गर्न आएकालाई स्वास्थ्य परामर्श दिदै औषधी लेखिदिए । स्वास्थय शिविरमा आएका दर्जनौ सर्वसाधारणको उनले जाँच गरे । ग्रामीण क्षेत्रमा पुगेर होस वा आफ्नै निवासमा भेटन आउने जो सुकै विरामीको आग्रहलाई उनी अस्वीकार गर्दैनन । महिला संघ मोरङका अध्यक्ष शान्ता पौडेलले कोइराला जस्तो सजिलो नेता कांग्रेसमै नदेखिएको बताईन ।

प्रतिक्रिया दिनुहोस्