Logo

चिकित्सकको माग पूरा गर्न स्वास्थ्य मन्त्रालयद्वारा कानुन मन्त्रालयलाई पत्राचार



काठमाडौँ । मुलुकी फौजदारी संहिता ऐन संशोधनको माग गर्दै आन्दोलन गरिरहेका चिकित्सहरुको माग पुरा गर्न स्वास्थ्य मन्त्रालयले कानुन मन्त्रालयलाई परिपत्र गरेको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा भएको सरकार र चिकित्सक संघ, मेडिकल काउन्सिलबीच भएको बैठकले चिकित्सकहरुले उठाएका माग सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयले कानुन मन्त्रालयलाई परिपत्र गरेको हो ।

चिकित्सकहरुले ऐनमा भएका विवादित बुँदाहरुलाई संशोधन गर्नुपर्ने माग राखेका थिए । ती विवादित बुँदाहरुलाई संशोधन गर्न स्वास्थ्य मन्त्रालयले कानुन मन्त्रालयललाई पत्रचार गरेको हो । तर, चिकित्सकहरुले संशोधन प्रकृयामा गए मात्र आन्दोलन रोक्ने बताएका छन् ।

सरकारले पटक–पटक झुक्याएको भन्दै संशोधन प्रकृयामा नगए आन्दोलन नरोक्ने बताएका हुन् । बिहान ११ बजे स्वास्थ्य मन्त्रालयमा चिकित्सक संघको टोली र स्वास्थ्य मन्त्रालयको प्रतिनीधिबिच छलफल चलेको थियो।दुबै पक्षले छलफल सकरात्मक भएको प्रतिक्रिया दिएका छन् । आइतबारबाट ओपिडी सेवा बन्द गरेका चिकित्सकहरुले सोमबार देशभरका अस्पतालमा प्रशासनिक काम बन्द गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्