Logo

देशभरकै चिकित्सक आजबाट आन्दोलनमा उत्रिँदै



काठमाडौँ : मुलुकी ,अपराध संहिता ऐन २०७४ संसोधनको माग गर्दै आएका चिकित्सकहरु आइतबारबाट आन्दोलनमा उत्रने भएका छन । नयाँ ऐनले चिकित्सकसँग अपराधी झै व्यवहार गरेको उनीहरुको आरोप छ । सधै बिरामीको उपचारमा रहने चिकित्सकहरु शनिबार बैग्लेै रुपमा देखिए । पुतली सडकस्थित नेपाल चिकित्सक संघको कार्यालयमा उपस्थित यी चिकित्सक कडा आन्दोलनको तयारीमा जुटेका छन ।

मुलकी अपराध संहिता ऐन २०७४ प्रति असन्तुष्टी जनाउदै आएका चिकित्सकहरुले संसोधनका लागि भदौ १५ गतेको समयसीमा दिएको थियो । ऐनको परिच्छेद १९मा उल्लेख गरिएका ६ वटा दफा र उपदफामा उनीहरुको आपत्ती छ । चिकित्सकहरुको आग्रहलाई संबोधन गर्ने आश्वासन दिए सरकारले वास्ता समेत गरेको देखिदैन । आश्वासन अनुसारको काम नभएको भन्दै नेपाल चिकित्सक संघले सरकारले आफूलार्ई आन्दोलनका लागि बाध्य बनाएको बताएको छ ।

पछिल्लो केही वर्ष यता चिकित्सकहरु पनि आफनो माग संबोधनका लागि आन्दोलन कै बाटो रोज्ने गरेका छन । अत्यावस्यक सेवालाई प्रभावित पार्ने गरी बन्द, हडताल जस्ता गतिविधि गर्न नपाइने व्यवस्थालाई चिकित्सकहरुले पटक पटक लत्यादै आएका छन । यद्यपी संघले यो आन्दोलन चिकित्सक र विरामी दुवैको पक्षमा रहेको दाबी गर्छ ।

शनिबारबाट शुरु हुने आन्दोलनलाई विस्तारै शसख्त बनाउदै लाने चिकित्सक संघको योजना छ ।तर, स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रलाई यसरी आन्दोलनका नाममा प्रभावित पार्नुमा चिकित्सक मात्रै नभई सरकारको समेत उत्तिकै कमजोरी देखिन्छ । आशा गरौं, दुवै पक्षले आफनो अहंम त्यागी विरामीको बारेमा सोचेर तत्काल समाधान खोज्नेछ ।।

प्रतिक्रिया दिनुहोस्