Logo

गठन भयो टेड युनियन काग्रेसको मलेसियामा समिति



मलेसिया ।नेपाली काङ्ग्रेस जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाकान्त पंगनीको पहलमा मलेसियामा कार्यरत नेपाली मजदुरको हक हितको पक्षमा काम गर्ने उदैश्यले योगेन्द्र कोइरालाको संयोजकत्वमा नौ सदस्यि नेपाल टे«ड युनियन कागे्रस मलेसियाको तदर्थ समिति गठन भएको छ । नेपाली काङ्ग्रेस जन सम्पर्क समिति मलेसिया ले क्वालालम्पुर स्थित ग्राण्ड कन्टिनेन्टल होटेल मा भेला भै गठन गरिएको एनटियुसी सपोट गुप्रले चाडै नै अधिबेशन गर्ने बताएको छ ।

कार्यक्रममा काङ्ग्रेस जन सम्पर्क समितिका अध्यक्ष चोलाकान्त पंगेनीले युनियनले मलेशियामा कार्यरत प्रवासी नेपालि श्रमिकहरुलाई संगठित गराउने मात्र नभएर श्रमिकहरुलाई सम्मान र कदर गर्दै हक हितमा काम गर्ने श्रमिक का समस्या लाई सहजीकरण गर्नेमा बिश्वाश दिलाउनुभयो । उहाँले श्रमिकका मुद्दा संविधानमा समेट्नु पर्ने कुरालाई ध्यानाकार्षण गराउंदै लैजाने जानकारी दिनुभयो ।पंगेनीका अनुसार नेपाली काङ्ग्रेस जन सम्पर्क समिति मलेसियाका महामन्त्री योगेन्द्र कोइराला को संयोजकत्व मा हरि कोइराला , बिनोद थापा, दिपक अधिकारी ,राजेन्द्र प्रसाद साह ,डम्बबर वखडा, अस्मिता सुबेधी शर्मा सन्तोष प्रकाश रिजाल , गणेश राउत र ट्रेड युनियन का संरक्षक तथा सल्लाहकार चोलाकान्त पंगेनी गरि ९ सदस्य कार्यसमिति गठन भएको बताए।

प्रतिक्रिया दिनुहोस्