Logo

जन सम्पर्क समिती बिश्व संजालको प्रमुख संरक्षकमा डा पण्डित चयन



अमेरिका । नेपालीको बिद्यार्थी राजनितिका चर्चित नेता डा यादव पण्डित जन सम्पर्क समिती बिश्व संजालको प्रमुख संरक्षक हुनुभएको छ । अमेरिका निवासी युवा बैज्ञानिक डा यादव पण्डित हालै जन सम्पर्क समिती अमेरिकाका पुर्ब संयोजक बिष्णु सुबेदिको सभापतित्वमा गठन भएको बिश्व संजालको मंगलबार बसेको बैठकले प्रमुख संरक्षकमा डा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

जन सम्पर्क समितीका शाखाहरुलाई एउटै छातामुनी ल्याउने र जन सम्पर्क समितीलाई व्यापक बनाउदै पार्टीलाई सहयोग गर्ने लक्ष्य सहित गठन गरिएको बिश्व संजालको मंगलबारको बैठकले प्रमुख संरक्षकमा नेपाल बिद्यार्थी संघका पुर्ब महामन्त्री समेत रहेका डा। पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको र चांडै सल्लाहकार र कार्यसमितीका बांकी सदस्यहरु समेत चयन गरिने संजालका सभापती सुबेदीले जानकारी दिनुभयो ।

सभापती सुबेदीका अनुसार बैठकले नेपालमा रहंदा नेपाली कांग्रेसको सक्रिय राजनीति गरेर हाल बिश्वका बिभिन्न मुलुकमा रहेका तथा जन सम्पर्क समितीमा रहेर काम गरेका अग्रज व्यक्तित्वहरुको लगत संकलन गर्न उपसभापति चित्र के सी को संयोजकत्वमा एक समिती समेत बनाइएको छ । उपसभिापती, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष लगायत पदाधिकारी गरि ८ सदस्सिय सो समितीले संसारभर रहेका त्यस्ता व्यक्तिहरुको बिबरण संकलन गर्नेछ ।

पार्टीले गत हप्ता पठाएको पत्रबारे प्रतिक्रिया दिंदै संजालका सभापती सुबेदीले बिश्व संजाल बिभिन्न मुलुकमा रहेका नेपाली कांग्रेसमा आस्था राख्ने तथा जन सम्पर्क समितीमा आबद्ध व्यक्तिहरुको छलफलबाट स्वतस्फुर्त रुपमा जन सम्पर्क समितीको बिश्व संजाल गठन गरिएकोले पार्टीको पत्रले कुनै बाधा नपुगेको स्पष्ट पार्नुभयो ।

गत साता नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले जन सम्पर्क समितीको बिश्व संजालबारे पार्टीको ध्यानाकर्षण भएको र पार्टीले बिश्व संजाल गठनका लागी कसैलाई अख्तियारी नदिएको र हाल गठन भएको संजाल पार्टीले गठन नगरेको स्पष्ट पार्नुभएको थियो ।

पार्टीको पत्र पछि आफ्ना गतिबिधि अगाडी बढाइरहनुभएको छ नी भन्ने प्रश्नमा संजालका सभापती सुबेदीले कांग्रेसको आगामी महासमिती बैठक मार्फत संजाललाई पार्टीको आधिकारीक संगठन बनाइने दाबी गर्नुभयो । पार्टीले पत्र पठाउन हतार गर्यो सभापती सुबेदीले भन्नुभयो( ‘पार्टीको आसन्न महासमिती बैठक पछि बिश्व संजाल पार्टीको आधिकारीक संगठन हुनेछ त्यसका लागी तयारी भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्