Logo

रत्नपार्कस्थित पुरानो बसपार्क बन्द, वैकल्पिक व्यवस्था नहुँदा यात्रु अलमलमा



 काठमाडौं । काठमाडौं महानगरपालिकाले वैकल्पिक व्यवस्था नगरि रात्नपार्कस्थित बसपार्क आजदेखि बन्द गरेका कारण यात्रुहरु अलमलमा परेका छन् । महानगरपालिकाले बिहीबार सुरु हुने बिम्स्टेक सम्मेलनका लागि ट्राफिक व्यवस्थापन र पूर्व तयारी गर्नुपर्ने जनाउँदै आजदेखि फ्लेक्समा सुचना टाँसेर बसपार्क बन्द गरेको छ । बिहानैदेखि बसपार्क बन्द हुँदा गाडी चढ्ने ठाउँ यकिन गर्न यात्रुहरु अलमलिएका छन्।

तत्कालका लागि बसपार्कको मुखमा चढाउने र ओराल्ने गरिएको छ। ‘चौथो बिम्स्टेक सम्मेलन भदौ १४ र १५ गते हुने भएकाले पूर्व तयारी एवं ट्राफिक व्यवस्थापन तथा बसपार्क मर्मतका लागि भदौ १२ देखि १६ गतेसम्म बसपार्क बन्दो हुनेु काठमाडौं महानगरपालिकाको सूचनामा उल्लेख छ।

बिहान ६ देखि बेलुकी ६ बजेसम्म चारैदिन बसपार्क बन्द गरिएको हो। बसपार्क बन्द भएपछि अरनिको राजमार्ग हुँदै खुल्लामञ्च आउने ठूला यात्रुबाहक सवारीसाधनलाई कोटेश्वरबाटै ड्राइभर्सन गरी सातदोबाटो, कलंकी, हुँदै नयाँ बसपार्कतर्फ पठाइएको छ। साँखु, बौद्ध, चाबहिल, थानकोट लगायतका स्थानहरुबाट खुलामञ्चस्थित बसपार्कका आउने सवारीसाधनहरुलाई भने रत्नपार्क वरपर पिक एन्ड ड्रप मात्रै गर्ने व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्